arrow

ओलीको ०८४ सपनाः एकल बहुमत पुर्‍याएर एमालेको सरकार

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३० शनिबार
Kp oli-kavre.jpg
तस्बिर-फाइल

पाँचथर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनबाट एमालेले एकल बहुमत पुर्याएर सरकार सञ्चालन गर्ने दाबी गरेका छन् । 

पाँचथरको फिदिममा झुलाघाट चिवाभन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा, २०८० को बहृत् जनसभालाई आज सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

अध्यक्ष ओलीले अब भाँडाकुटी खेलजस्तो हाडाभाँडा बुटुलेर सरकार सञ्चालन गर्दा जनताले आहातमात्रै पाउने भन्दै अब मिसन ८४ नै सञ्चालन गरी एमालेले एकल बहुमत पुर्याएर सरकार सञ्चालन गर्ने बताए । 

पूर्व प्रधानमन्त्री ओलीले सडकबाट कराएर मात्रै आफ्ना माग पूरा गर्न नसकिने बताउँदै विमतिका बीचमा पनि सहमति खोज्न कोशी प्रदेशविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई आग्रह गरे ।

यस्तै उहाँले तमोर जलासयबाट बृहत् हाइड्रो निर्माण गरी मुलुकलाई उज्यालो बनाउनुपर्ने र नेपालमा खपतपश्चात उभ्रिएको विद्युत् विदेश निर्यात गर्नुपर्ने तर सरकारले गर्न नसकेको प्रति दुःख व्यक्त गरे । 

अध्यक्ष ओलीले आइतबार बिहान पाँचथरको चिवाभन्ज्याङ पुगेर झण्डोत्तोलन गर्ने कार्यक्रम छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ