- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पिटर हेन्लिनले घडी बनाए
हेर्छौँ सबैले
हेन्लिनले घडी बनाए
हेर्छौं सबैले ।
मार्टिन कूपरले मोबाइल बनाए
चलाउँछौँ सबैले
कूपरले मोबाइल बनाए
चलाउँछौँ सबैले ।
जोहानेस गुटेनबर्गले पुस्तक बनाए
पढ्छौँ सबैले
गुटेनबर्गले पुस्तक बनाए
पढ्छौँ सबैले ।
हो हामीले पुस्तक पढ्नु छ
जति बढी पुस्तक पढ्छौँ
त्यति बढी जान्ने हुन्छौँ
ज्ञानको भण्डार पुस्तक हो
जीवन लक्ष्यको सूत्र पुस्तक हो ।
समयमै पढ्नु पर्छ
समयमै सबै काम गर्नुपर्छ
सबै समयले बताउँछ
पढ्ने डक्टर बन्छ
नपढ्ने कन्डक्टर बन्छ
सबैले समय बुझौँ
घडी हेन्लिनले बनाए
महत्व हामीले बुझौँ
महत्व हामीले बुझौँ ।