arrow

निरज थापाले पाए ईसेवाको एकाउन्ट लिंकमार्फत भुक्तानी गर्दा ३५० सीसीको मोटरसाइकल

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २६ मंगलबार
esewa-2080-08-26.jpg

काठमाडौँ । ईसेवाको बैंक लिंक एकाउन्टमार्फत भुक्तानी गर्दा बम्पर उपहारमा धादिङका निरज थापा मगरले ३५० सीसीको मोटरसाइकल जित्न सफल भएका छन् । 

विजेता थापालाई मंगलबार नै उक्त मोटरसाइकल हस्तान्तरण गरियो । ईसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले भाग्यशाली विजेता निरजलाई मोटरसाइकल हस्तान्तरण गरे । 

मोटरसाइकल हस्तान्तरण गर्दै चिफ बिजनेस अफिसर गौतमले आगामी दिनमा पनि ईसेवाले यस्तै किसिमका नयाँ अफरहरू सार्वजनिक गर्दै जाने बताए ।

चिफ बिजनेस अफिसर गौतमले अफर अवधि सकिए पनि सबै ईसेवा प्रयोगकर्तालाई सजिलो तथा छिटो कारोबारका लागि ईसेवा वालेटमा आफ्नो बैंक खाता लिंक गरी कारोबार गर्नका लागि सुझाएका थिए ।

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवाले भदौ २० देखि कार्तिक ३ गतेसम्म मेगा लिंक मेनिया अफर सञ्चालन गरेको थियो । 

यस अफरमा ईसेवा एकाउन्टमा लिंक गरिएको बैंक खातामार्फत भुक्तानी गर्दा  बम्पर उपहारबाहेक दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर समावेश भएको ईसेवाले जनाएको छ । 

हाल ईसेवाको सेवा एण्ड्रोइड तथा आईओएस मोबाइलमार्फत करिब ८० लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैगरी देशभर रहेका दुई लाख भन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन् । 

ईसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी तथा  मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली र खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ