arrow

राष्ट्रिय वाणिज्य बैंक नलगाडमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २६ मंगलबार
rastriya-banijya-bank1.jpg
तस्बिर-फाइल

जाजरकोट । राष्ट्रिय वाणिज्य बैंकले नलगाड नगरपालिकाको दल्लीबाट आफ्नो सेवा सुरु गरेको छ । 

सहुलियत कर्जा कार्यक्रमदेखि अन्य कारोबार गर्ने उद्देश्यसहित नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा शाखा स्थापना भएको जाजरकोट शाखाका प्रमुख निमबहादुर शाहीले जानकारी दिए । 

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकासहितलाई सेवा प्रवाह गर्ने उद्देश्यका साथ दल्लीमा वाणिज्यको शाखा स्थापना भएको शाहीले जानकारी दिए । 

भूकम्पबाट पीडित बनेका यस क्षेत्रका सर्वसाधारणलाई वाणिज्य बैंकको शाखा विस्तारले भारी मात्रामा सहयोग पुगेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए । 

वाणिज्य बैंक स्थापनाका लागि नगरपालिकाले पटक पटक माग पत्र पेश गर्दै आएको थियो । 

द्वन्द्वकालमा नेपाल बैंक लिमिटेड दल्लीबाट सदरमुकाम खलङ्गामा विस्थापित भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ