arrow

भित्र्याउन ठिक्क पारेको धानमा पेट्रोल छर्किएर आगजनी

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०८० मंसिर २४ आइतबार
dhan-aagjani.jpg

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाका एक किसानको खेतमा भित्र्याउन ठिक्क पारेको धानमा अज्ञात समूहले हिजो राती आगो लगाएर जलाइदिएको छ । 

फतुवा विजयपुर – २ का किसान लक्ष्मी नारायण यादवको पौने २ बिगाहा खेतमा लगाएको धान जलेर पूर्ण रूपमा नष्ट भएको छ । 

शनिबार राती साढे ९ बजेतिर भएको आगलागीबाट सबै धान जलेर खरानी भएको किसान यादवले बताए । 

खेतको धान एकै ठाउँ थुपारेर आइतबार थ्रेसर लगाउने तयारीमा रहेका किसान यादवको धानमा पेट्रोल छर्किएर आगो लगाइएको यादवको भनाइ छ । 

आगलागीबाट करिब ३ लाख बराबरको क्षति भएको छ । 

घटनाको बारेमा प्रहरीलाई जानकारी गराइसकेको जनाउँदै दोषीलाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ