arrow

म को हुँ ?

logo
कविता गौतम,
प्रकाशित २०८० मंसिर २३ शनिबार
kabita-gautam-2080-08-23.jpg

यो अन्धकारमा तृप्त यो मन
आँखा चिम्लेर बसेकी म 
यी पीडामा कुँजिएका आँशु ।

यो रातको नशामा डुबेका यी आँखा 
यी भिजिरहेका परेला 
र पल पलमा मरिरहेकी म ।

यी खुट्टाले थामिरहेको शरीर 
यी हातले समाति रहेको जिन्दगी ।

यो मनले बोकिरहेको माया 
क्षण क्षणमा जलिरहेकी म ।

यी जरजर्ति चिरिएका ओठ
यी छस्छस् घोच्ने कडा र
प्रहर प्रहरमा बदलीरहेकी म ।

जति घोचे पनि 
जति रोए पनि 
जति लडे पनि 
प्रश्न एउटै 
म को हुँ ?
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ