arrow

नेपालमा भारतबाट प्याज नआउने, थप्यो निर्यातमा प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २२ शुक्रबार
onion.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपालमा भारतबाट प्याज नआउने भएको छ । भारत सरकारले प्याजको निर्यातमा पुनः प्रतिबन्ध लगाएसँगै नेपालमा प्याज नआउने भएको हो । 

तीन महिनाअघि डिसेम्बर अन्तिमसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको भारतले अहिले निर्यातमा पूर्ण रोक लगाएसँगै प्याजका नेपाली पारखीका लागि चिन्ताको विषय बनेको हो । 

भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले सन् २०२४ को मार्च ३१ सम्मका लागि प्याजको निर्यातमा रोक लगाएको हो । 

तर नेपालले प्याज पाउने सम्भावना भने खुलै रहेको पनि निर्देशनालयको सूचनाले संकेत गर्दछ । किनकि अन्य मुलुकका सरकारको आग्रहबमोजिम सरकारले अनुमति दिएमा भने प्याज निर्यात हुन सक्ने उल्लेख गरिएको छ । 

अब नेपालले आग्रह गर्छ कि प्याज बिना पनि तरकारी खान सकिन्छ भनेर संकटका बेलामा सहन शक्ति बढाउन आग्रह गर्छ त्यो सरकारकै हातमा रहेको छ । 

पछिल्लो समय भने नेपाली बजारमा प्याजको हाहाकार नै छ । सरकारले आलु र प्याजमा लगाएको कर विवादले भने उपभोक्ता चरम मारमा परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ