arrow

कोपा अमेरिकाको ड्र सार्वजनिक, अर्जेन्टिना, पेरु र चिली एउटै समूहमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २२ शुक्रबार
copa-america-2024.jpg

काठमाडौँ । दक्षिण अमेरिकी देशहरुबीच हुने प्रतिष्ठित कोपा अमेरिका फुटबल प्रतियोगिताको ड्र सार्वजनिक गरिएको छ । सन् २०२४ को जुनमा हुने कोपा अमेरिकाको खेल तालिका शुक्रबार सार्वजनिक गरिएको हो ।

अमेरिकामा हुने कोपा अमेरिकामा दक्षिण अमेरिकाका १० देश र उत्तर तथा मध्य अमेरिकी ६ देश सहभागी हुँदै छन् । 

प्रतियोगितामा दक्षिण अमेरिकाबाट १० देश अर्जेन्टिना, बोलिभिया, ब्रजिल, चिली, कोलम्बिया, इक्वेडर, पराग्वे, पेरु, उरुग्वे र भेनेजुएला खेल्दै छन् । त्यस्तै उत्तर तथा मध्य अमेरिकी देशबाट नेसन्स लिग र प्लेअफबाट ६ देश छानिदै छन् ।

उत्तर अमेरिकाबाट कोन्काकाफ नेसन्स लिग २०२३–२५ को शीर्ष चारमा रहेका आयोजक अमेरिकासहित मेक्सिको, जमैका र पानामा सिधै छनोट भएका छन् भने बाँकी दुई टिम प्लेअफ खेलेर छनोट हुने छन् । 

शुक्रवार बिहान सार्वजनिक ड्र अनुसार डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना, पेरु र चिली समूह ए मा परेका छन् । साथै प्लेअफबाट आउने कोन्काकाफ क्षेत्रको पाँचौँ टिम यस समुहमा हुने छ । 

त्यस्तै समूह बी मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका रहेका छन् भने समूह सी मा आयोजक अमेरिकासहित उरुग्वे, पानामा र बोलिभिया रहेका छन् । 

त्यस्तै समूह डी मा ब्रजिल, कोलम्बिया, पाराग्वे छन् भने प्लेअफबाट आउने कोन्काकाफ क्षेत्रको छैटौँ देश हुने छ ।

चार समूहका विजेता र उपविजेता सिधै क्वाटरफाइनलमा पुग्ने छन् । कोपा अमेरिकाको पहिलो खेल २०२४ को जुन २० मा अर्जेन्टिना र प्लेअफबाट आउने कोन्काकाफ क्षेत्रको पाँचौँ टिमबीच हुनेछ । 

प्रतियोगिताको फाइनल खेल जुलाई १४ मा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ