arrow

विपिनका बुबालाई भेटे प्रचण्डले 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २२ शुक्रबार
kanchanpur-bipin.jpg

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबासँग भेटघाट गरेका छन् । 

धनगढी पुगेका प्रधानमन्त्री दाहालले आज धनगढी विमानस्थलमा विपिन जोशीका बुबासँग पनि भेटघाट गरेका हुन् । 

भेटमा प्रधानमन्त्री दाहालले विपिनको रिहाइका लागि सरकारले प्रयास गरिरहेको बताए ।

आज धनगढीमा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटनलगायतका कार्यक्रममा सहभागी हुन उनी बिहान धनगढी पुगेका हुन् । 

प्रचण्ड अहिले कैलालीको धनगढी उपमहानगरपालिका–१६ घसेटीमा हुने पार्टी प्रशिक्षण तथा भेटघाट कार्यक्रममा सहभागी भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ