arrow

दीपक विष्टलाई राष्ट्रिय टिम तयारीको जिम्मेवारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २० बुधबार
Deepak-Bista-dipak.jpg

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तेक्वान्दो प्रशिक्षक दीपक विष्टलाई राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिएको छ । यसअघि तालिम तथा प्रशिक्षण विभागमा रहेका विष्टलाई शनिबार राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिने निर्णय गरिएको हो ।

    नेपाली खेलकुदका सफल खेलाडी मध्येका एक विष्ट दक्षिण एसियाली खेलकुद (साग) को लगातार चार संस्करणमा स्वर्ण जित्ने एक मात्र नेपाली खेलाडी हुन् । 

उनले आठौँदेखि ११ औँ (साग) सागमा स्वर्ण जितेका थिए । विष्टले २००२ को बुसान एसियाड तथा २००६ को दोहा एसियाडीमा कास्य जितेका थिए ।
    
विष्ट ओलम्पिकमा छनोट भएर खेल्ने दोस्रो नेपाली खेलाडी हुन् । उनले सन् २००८ मा चीनको बेइजिङ भएको २९ औँ ओलम्पिक छनोट चरण पार गरेर खेलेका थिए । 

तेक्वान्दो प्रशिक्षक संगीना वैद्य छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन् । 

विष्ट २०६५ साल साउन २० गते राखेपमा तेक्वान्दो प्रशिक्षकको रुपमा सेवा प्रवेश गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ