arrow

श्रीकृष्णको प्रिय दिनमा राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २० बुधबार
rashifal-horoscope-1.jpg

आजको पञ्चाङ्ग

मिति २०८० मंसिर २० गते मंगलबार, इस्वीसंवत डिसेम्वर ६ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४४, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्षकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षकृष्णक्षको नवमी तिथि रातिमा १ः१३ बजेसम्म त्यसपछि दशमी तिथिमा प्रवेश गर्नेछ । नक्षत्रमा उत्तराफाल्गुनी भोलि बिहानमा ५ः३४ बजेसम्म त्यसपछि हस्ता नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा प्रीति ४२ घटि ०३ पलासम्म त्यसपछि आयुष्मान योग लाग्नेछ । करणमा तैतिल अहोरात्र रहनेछ । आनन्दादि योगमा प्रवर्द्ध रहनेछ ।

सूर्य वृश्चिक राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान २६ घटि २ पला अर्थात १० घण्टा २८ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः४२ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः०६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा १२ः१६ बजे र अस्ताउने समय भोलि मध्यान्हमा १२ः५९ बजे रहेको छ ।

आजको राशिफल

मेष : मेष राशि भएकाहरूका आज मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमासमेत फाइदा हुनेछ ।

वृष : वृष राशि भएकाहरूका लागि आज पनि समय खराब छ । चिताएको काम रोकिन सक्छ। हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । अस्वस्थताले काममा जुट्न समस्या पर्नेछ । कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ ।

मिथुन : मिथुन राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । व्यापार तथा साझेदारीमा मनग्गे लाभ हुनेछ । पहिलेको सफलताले हौसला जगाउनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ ।

कर्कट : कर्कट राशिका लागि आज पनि समय शुभ छैन । परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइनेछ । समय तालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । अवसरसँगै चुनौतीसमेत देखा पर्नेछन् । सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै फेला पर्नेछन् । होसियारीसाथ काममा जुट्नुहोला । शुभचिन्तकहरूले भने राम्रै सहयोग जुटाउनेछन् । सामाजिक कामको जिम्मेवारी बढ्नेछ । फाइदाका स्रोत पहिचान गर्न सकिनेछ ।

सिंह : सिंह राशि भएकाहरुका लागि आज पनि समय राम्रो छ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा उठाउन सकिनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज समय भरपर्दो रहनेछैन । व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले समस्या आउनेछ । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला । समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने वा आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ ।

तुला : तुला राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । न्यायिक निर्णय तथा कानुनी फैसलाहरु तपाइकै पक्षमा आउनेछन् । पढाई लेखाईमा मन जाने हुनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट पनि मनग्य आम्दानी गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ योग छ । आन्तरिक व्यावसायिक यात्राको प्रसस्त सम्भावना रहेकोछ ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय मध्यम रहेकोले कुनै व्यापार व्यावसायमा लगानी गर्नका लागि केहि दिन कुर्नुहोला । आर्थिक व्यवस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगी बिचमा नै अवरुद्ध हुन सक्छन् ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादी हावी हुनाले कामहरु समयमा सम्पन्न हुँदैनन् । पढाई लेखाईमा एकरुपमा नहुँदा अरुभन्दा पछि परिनेछ ।

धनु : धनु राशिका लागि आज पनि समय शुभ छैन । हतारको निर्णयले काम बिग्रनेछ । महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउलान् । सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला ।

मकर : मकर राशि भएकाहरूका लागि आज पनि समय भरपर्दोे रहनेछैन । ईष्या गर्नेहरूले सताउलान्। घुमफिर तथा मनोरञ्जनको समय छ । तर लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला । सामान्य कामलाई सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ । आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ । वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ । परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला ।

कुम्भ : कुम्भ राशिका लागि आज पनि समय शुभ छ । व्यावसायिक यात्राको सम्भावना छ । मनग्ये आम्दानी हुनेछ । विभिन्न भौतिक साधन जुट्न सक्छन् । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला । प्रेमी-प्रेमिकाका बीचमा सुमधुरता र सामीप्यता प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ ।

मीन : मीन राशि भएकाहरूका लागि आज पनि समय राम्रो छैन । सोचेका काममा बिलम्ब हुनेछ । पारिवारिक समस्यामा ध्यान दिनुपर्नेछ । आम्दानीका मार्गमा अवरोध आउने छ । व्यावसायिक काममा समय दिन सकिंदैन । साझेदारी र सट्टापट्टामा बेफाइदा हुने भएकाले सतर्क रहनु पर्छ । प्रेम सम्बन्ध निरस हुनेछ । तर आत्मविश्वासका साथमा काम गरेमा केही महत्त्वपूर्ण उपलब्धीसमेत प्राप्त हुनेछ ।

साइत : सूर्य वृश्चिक राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । त्यसैले पूर्व अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर, पश्चिम र दक्षिणतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ०६ः३६ बजेदेखि    ७ः५५ बजेसम्म    लाभ बेला
बिहान ७ः५५ बजेदेखि    ९ः१४ बजेसम्म     अमृत बेला
बिहान ९ः१४ बजेदेखि    १०ः३३ बजेसम्म    काल बेला
बिहान १०ः३३ बजेदेखि    ११ः५२ बजेसम्म   शुभ बेला
बिहान ११ः५२ बजेदेखि    १ः११ बजेसम्म     रोग बेला
दिनमा १ः११ बजेदेखि    २ः३० बजेसम्म     उद्धेग बेला
दिनमा २ः३० बजेदेखि    ३ः४९ बजेसम्म    चर बेला
दिनमा ३ः४९ बजेदेखि    ५ः०८ बजेसम्म    लाभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः०८ बजेदेखि    ६ः४९ बजेसम्म    अमृत बेला
साँझ ६ः४९ बजेदेखि    ८ः३० बजेसम्म    काल बेला
राति ८ः३० बजेदेखि    १०ः११ बजेसम्म    शुभ बेला
राति १०ः११ बजेदेखि    ११ः५२ बजेसम्म   रोग बेला
राति ११ः५२ बजेदेखि    १ः३३ बजेसम्म    उद्धेग बेला
राति १ः३३ बजेदेखि     ३ः१५ बजेसम्म     चर बेला
रातिमा ३ः१५ बजेदेखि  ४ः५६ बजेसम्म     लाभ बेला
रातिमा ४ः५६ बजेदेखि   ६ः३७ बजेसम्म    अमृत बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : मध्यान्हमा १२ः०० देखि दिनमा १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ