arrow

शिवको प्रिय दिनमा राशिफल

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०८० मंसिर १८ सोमबार
rashifal-horoscope-blue_1618100665.jpg

आजको पञ्चाङ्ग
मिति २०८० मंसिर १८ गते सोमबार, इस्वीसंवत डिसेम्वर ४ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४४, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्षकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षकृष्णक्षको सप्तमी तिथि साँझमा ८ः५८ बजेसम्म त्यसपछि अष्टमी तिथिमा प्रवेश गर्नेछ । नक्षत्रमा मघा रातिमा १२ः२८ बजेसम्म त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा वैधृति ३९ घटि ३६ पलासम्म त्यसपछि विष्कुम्भ योग लाग्नेछ । करणमा भद्रा अहोरात्र रहनेछ । आनन्दादि योगमा ध्वांक्ष रहनेछ ।
सूर्य वृश्चिक राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान २६ घटि ६ पला अर्थात १० घण्टा २९ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः४० बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः०६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ११ः२४ बजे र अस्ताउने समय भोलि मध्यान्हमा १२ः०२ बजे रहेको छ । 

आजको राशिफल
मेषः आज समय शुभ छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथ सहयोग प्राप्त हुनेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, तर मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् ।

वृषः आज समय खराब रहनेछ, आज थोरै बोलेको राम्रो हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । शरीर भारि र मन अस्थिर रहने संकेत छ । आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यात्रा नगरेको जाति हुन्छ, चोटपटकको भय हुनेछ वा यात्राका क्रममा झर्कोलाग्दो र धनमाल हराउने सम्भावना पनि देखिंदैछ । आफैंले गरेको सानो त्रुटिका कारण कारण अपजस ब्यहोर्ने दिन छ, त्यसैले सावधान, संयम र सचेत भई काममा मन लगाउनु उचित हुनेछ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । परिवारका सदस्य वा नजिकैको साथीले पनि तपाईंका मनका भावना बुझी दिंदैनन् ।
  
मिथुनः समय शुभ छ । प्रेमसम्बन्ध र प्रणयप्रसंगका लागि राम्रो दिन छ । प्रेममा सफलता प्राप्त हुनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुनसक्छ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरायसी काममा समय र धन खर्च हुनेछ । घरायसी प्रयोजनका र भोगविलाससँग समृद्ध सामाग्रीको किनमेल गरिने छ । आम्दानीमा कमी हुने छैन । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । स्वास्थ्य राम्रो रहने छ ।

कर्कटः आज पनि समय सामान्य खालको छ । आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । बन्द व्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । बन्द व्यापार र उद्योग धन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुनेछ । घरायसी र प्रेमसम्बन्धमा देखिएका तनाव र समस्याको अन्त्य हुुने सङ्केत छ, जीवनसाथीसंग दूरी बढ्ने छ ।

सिंहः समय शुभ छ, कर्मसिद्धिको समय आएको छ । समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइसित भेटघाट हुने योग छ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । स्वास्थ्य सबल रहनेछ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।

कन्याः आज समय शुभ छैन । परिवार तथा आफन्तजनसँग मनमुटाब बढ्नेछ भने पतिपत्नी तथा बीच अविश्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला, दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । आज पूर्व दिशाको यात्रा नगर्नुहोला । 

तुलाः आज समय र स्वास्थ्य भरोषाको छैन । आजको दिन चन्द्रमा कमजोर छ । अर्काको भर पर्नुभन्दा पनि आफ्नै प्रयासमा गरिएका कामले फाइदा हुनेछ । धार्मिक, सामाजिक र पारमार्थिक काममा खट्नु पर्नेछ, तर विवादबाट टाढा रहनु होला । घरपरिवारबाट टाढा बस्नेहरूमा आज अचानक वैराग्यको भावना पलाउन सक्छ । व्यापार गर्नेले गलत निर्णय गर्ने सम्भावना छ, विशेष गरी लगानीका क्रममा जान्नेबुझ्ने र अनुभवीको राय लिनु राम्रो हुन्छ ।

वृश्चिकः आज पनि समय शुभ छैन । अवसर प्राप्त भए पनि परिस्थितिवश काममा अलमल हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । कमीकमजोरी सुधार्ने मौका आए पनि बेसुरको निर्णयले समस्यामा पुर्याउनेछ । आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । व्यापारमा राम्रै फाइदा हुनेछ ।
धनुः आज समय शुभ छ । समाजमा सम्मानित र चर्चित व्यक्तिहरूको साथ सहयोग प्राप्त हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषि व्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । आम्दानीमा कमी आउने छैन । 

मकरः आज समय राम्रो छैन । मनमा डर र निराशाको अनुभूति गराउन सक्छ, तर परिश्रम गरेको कामबाट लाभ प्राप्त हुनेछ । एकोहोरो र जिद्दीपना त्याग्नु राम्रो हुनेछ । छरछिमेकमा असमझदारी बढ्न सक्छ । तर धार्मिक र सामाजिक क्षेत्र एवं मित्रवर्गको सहयोग प्राप्त हुनेछ । बन्द व्यापारमा सोचेजस्तै लाभ लिन कठिन हुनेछ । घरपरिवारमा पनि तनावको वातावरण सिर्जना हुनेछ । स्वास्थ्य भरोषाको रहनेछैन । शरीरमा फुर्तिलोपन कम हुनेछ । चिताएका काम बन्न कठिन छ । 

कुम्भः आज समय शुभ छ । मन फुरुङ्ग हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक÷सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । 

मीनः आज समय खराब छ । सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना छ, सचेतता अपनाउनु राम्रो हुन्छ । दूरदराजबाट प्रशन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ, यद्यपि आज आर्थिक समस्या हल गर्ने उपाय देखा पर्नेछ । ठूलो महत्त्वाकांक्षा राखेर धन लगानी गर्नु राम्रो हुनेछैन, जुवातास र सट्टाबाजीबाट जोगिनु पर्छ । अनिच्छित जिम्मेबारी वहन गर्नुपरे पनि ख्याति बढ्ने सम्भावना छ ।

साइतः सूर्य वृश्चिक राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । त्यसैले उत्तर अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व, पश्चिम र दक्षिणतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)
बिहान ०६ः३६ बजेदेखि    ७ः५५ बजेसम्म    अमृत बेला
बिहान ७ः५५ बजेदेखि    ९ः१४ बजेसम्म     काल बेला
बिहान ९ः१४ बजेदेखि    १०ः३३ बजेसम्म    शुभ बेला
बिहान १०ः३३ बजेदेखि    ११ः५२ बजेसम्म   रोग बेला
बिहान ११ः५२ बजेदेखि    १ः११ बजेसम्म     उद्धेग बेला
दिनमा १ः११ बजेदेखि    २ः३० बजेसम्म     चर बेला
दिनमा २ः३० बजेदेखि    ३ः४९ बजेसम्म    लाभ बेला
दिनमा ३ः४९ बजेदेखि    ५ः०८ बजेसम्म    अमृत बेला

शुभ लाभादि बेला (रात्रि)
साँझ ५ः०८ बजेदेखि    ६ः४९ बजेसम्म    काल बेला
साँझ ६ः४९ बजेदेखि    ८ः३० बजेसम्म    शुभ बेला
राति ८ः३० बजेदेखि    १०ः११ बजेसम्म    रोग बेला
राति १०ः११ बजेदेखि    ११ः५२ बजेसम्म   उद्धेग बेला
राति ११ः५२ बजेदेखि    १ः३३ बजेसम्म    चर बेला
राति १ः३३ बजेदेखि     ३ः१५ बजेसम्म     लाभ बेला
रातिमा ३ः१५ बजेदेखि  ४ः५६ बजेसम्म     अमृत बेला
रातिमा ४ः५६ बजेदेखि   ६ः३७ बजेसम्म    काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ