arrow

कार्कीले तोके तीन मन्त्रीको जिम्मेवारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १७ आइतबार
kedar-karki-morang-6.jpg
तस्बिर – फाइल ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तीन जना मन्त्रीको जिम्मेवारी तोकेका छन् । उनले यसअघि मन्त्री बनाएको भए पनि जिम्मेवारी तोकेका थिएनन् । 

नेपाली कांग्रेसबाट मन्त्री बनेका शमशेर राईलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको, माओवादी केन्द्रबाट मन्त्री भएका गणेशप्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको तथा नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका कमलप्रसाद जबेगूलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको हो।

कोशीमा अझै मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । बाँकी सबै मन्त्रालय मुख्यमन्त्री कार्कीले आफैँले राखेका छन् । 

उनी गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । नेकपा एमालेका ३९ तथा कांग्रेसका ८ सांसदको समर्थनबाट मुख्यमन्त्री बनेका भए पनि विश्वासको मत दिने बेलामा सत्ता गठबन्धनका सबै दलले दिएका थिए । 

त्यसपछि भने एमाले प्रतिपक्षमा बसेको थियो । जबकि एमालेका रामबहादुर राना पनि मन्त्री बनेका थिए । उनले कार्तिक १८ गते राजीनामा दिएका थिए । एमाले प्रतिपक्षमा बस्ने भएसँगै रानाले राजीनामा बुझाएका थिए । 

एमालेले भने माओवादी र नेकपा एसलाई सरकारमा सहभागी नगराउन आग्रह गर्दै आएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ