arrow

सूर्य देवको प्रिय दिनमा राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १७ आइतबार
rashifal-horoscope-6.jpg

आजको पञ्चाङ्ग

मिति २०८० मंसिर १७ गते आइतबार, इस्वीसंवत डिसेम्वर ३ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४४, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्षकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षकृष्णक्षको षष्ठी तिथि साँझमा ६ः५२ बजेसम्म त्यसपछि सप्तमी तिथिमा प्रवेश गर्नेछ । नक्षत्रमा अश्लेषा रातिमा ९ः५४ बजेसम्म त्यसपछि मघा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा ऐंन्द्र ३७ घटि २४ पलासम्म त्यसपछि वैधृति योग लाग्नेछ । करणमा भद्रा अहोरात्र रहनेछ । आनन्दादि योगमा वज्र रहनेछ ।

सूर्य वृश्चिक राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान २६ घटि ७ पला अर्थात १० घण्टा ३१ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः३९ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः०६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा १०ः३० बजे र अस्ताउने समय भोलि बिहानमा ११ः३१ बजे रहेको छ । आज विश्व अपाङ्गता दिवस रहेको छ ।

आजको राशिफल

मेष : आज पनि समय भरपर्दो रहनेछैन । स्वास्थ्यमा कमजोरी देखिने हुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ध्यान दिनुहोला । अप्रिय समाचारले दुखि बनाउँनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै समय खर्चनु पर्नेछ । दाजुभाई तथा छिमेकिसंग अनावश्यक विवाद हुनसक्छ भने तपाईले शुरु गर्नुभएको काममा बाधा तथा अवरोधहरु खडा गर्नेछन् । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

वृष : आज पनि समय मध्यम खालको छ । दाजुभाई तथा छिमेकीसंग रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भविष्यमा विवाद सिर्जना हुँन सक्छ । असजिलो तथा अफ्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुनेछ । स्वास्थ्य सम्बन्धित सामान्य समस्याले सताउन सक्छ, ध्यान दिनुहोला । अध्ययनमा रुचि नजाँदा अरुभन्दा पछि परिनेछ । कृषि तथा पशुपालन व्यवसायमा भने लगानी बढाई आम्दानी गर्न सकिनेछ ।

मिथुन : मिथुन राशि भएकाहरूका लागि आज पनि समय त्यत्ति शुभ छैन । आत्मीय मित्रका सहयोग नपाउँदा थालेका कामहरु बिचमा छोड्नु पर्ने हुन सक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचे जस्तो आम्दानी नहुँदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकुल बन्नेछ भने यहि बेलामा आय आम्दानीका बाटाहरु साघँुरा हुनेछन् । लामो दुरीको यात्रामा पनि समस्या हुने देखिएको छ । दिनमा ३ बजेपछिको समय राम्रो रहेकोले प्राकृतिक स्रोत साधनको प्रयोगमार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कर्कट : आज पनि समय निकै महत्वपूर्ण छ । आफन्त तथा मावलीपक्षको सहयोग पाईने हुनाले कामहरु गर्न शरीरमा उर्जा पैदा हुनेछ । प्रतिस्पर्धीहरुलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरीको योग रहेकोछ भने थोरै लगानीबाट यथेष्ट लाभ लिन सकिनेछ । अदालती निर्णयहरु तपाईकै पक्षमा आउँने भएको हुनाले न्याय पाएको अनुभूति हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि आज समय उत्तम रहेको छ ।

सिंह : आज पनि समय खराब छ । विवाद तथा प्रतिष्पर्धामा आज भाग नलिनुहोला किनकि ऋणात्मक नतिजा आउनेछ । व्यापार व्यावसायमा गरिएको लगानीबाट नाफा कमाउँन निकैनै संघर्ष गर्नुपर्ला । विद्यामा सोचेजस्तो प्रगति गर्न बढिनै समय दिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धित समस्याले सताउनेछ । ऋण लाग्ने तथा खर्च बढ्ने हुँदा मन चिन्तित हुनेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुनेछ ।

कन्या : आज पनि समय राम्रै छ । विभिन्न अवसरहरु आउँने हुँदा त्यसलाई क्याच गरि मनग्ने आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति हुने हुनाले आफन्त तथा गुरुहरु प्रशन्न हुँनेछन् । छोटो तथा रमाईलो यात्राको अधिक सम्भावना रहेको छ भने व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जाने हुँनाले घर परिवारमा खुशियाली छाउनेछ ।

तुला : आज पनि समय शुभ छ । व्यापार व्यावसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । भौतिक सम्पति तथा मानव निर्मित वस्तुहरु प्राप्तिको गतिलो योग रहेको छ । लामो समयदेखि भेट नभएका मित्रहरुसँग भेट हुनेछ भने माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ । प्रेमिकासंग रमाईलो यात्राको तय हुनेछ । विद्यार्थीहरुले अध्ययनमा सफलता पाउनेछन् भने गुरुहरुको राम्रो सहयोग पाईने हुँदा गन्तब्य पहिल्याउन सहज हुनेछ ।

वृश्चिक : आज पनि समय उपयुक्त छैन । साथीभाई तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ भने स्वास्थ्य सम्बन्धित समस्या आउन सक्छ ध्यान दिनुहोला । राज्य पक्षबाट अनावश्यक झै झमेला आईलाग्न सक्छ । मान सम्मान तथा प्रतिष्ठामा कमिको महसुस हुनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । व्यवसायमा समय दिएपनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

धनु : आज पनि समय राम्रै रहने छैन । विद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । समयमा काम नबन्ने तथा बनेको काम बिग्रने हुँदा मनमा निराशा पैदा हुँनेछ । व्यवसायमा लगानी गरेपनि आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । मध्यान्हदेखि पुरानो रोग तथा समस्याहरु स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईको काममा सहयोग हुँनेछ । पढाई लेखाईमा अरुभन्दा अग्रपंतिमा तपाईको नाम आउनेछ ।

मकर : आज पनि स्वास्थ्य भरपर्दोे रहनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरि आयस्रोतमा वृद्धि गर्न सकिनेछ । घर परिवारमा सुखद् समाचारले थप उत्साह जगाउँनेछ । विभिन्न किसिमका भौतिक लाभ हुने छन् भने सवारीसाधन प्राप्तिको योग रहेको छ । मध्यान्हपछि लामो दुरीको विदेश यात्राको तय हुनेछ भने खानपानमा ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धित समस्या पनि आउन सक्छ ।

कुम्भ : आज पनि दिन तथा समय राम्रा छन् । धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा तपाईकै बर्चस्व रहनेछ । व्यापार व्यवसायमा साथीभाई तथा आफन्तको सहयोग हुनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।

मीन : आज समय मध्यम रहनेछ । व्यापार व्यावसायमा लगानी गर्नका लागि केही दिन कुर्नुहोला । आर्थिक व्यवस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमा नै अवरुद्ध हुन सक्छन्, ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादीहरू हावी हुँनाले कामहरु समयमा सम्पन्न हुँदैनन् । पढाई लेखाईमा एकरुपमा नहुदा अरुभन्दा पछि परिनेछ । प्रेममा अविश्वास तथा धोका हुँने अधिक सम्भावना रहेकोछ । बिहानको समय भन्दा बेलुकाको समय उत्तम रहेकोले नयाँ काम गर्न सकिने समय रहेको छ ।

साइत : सूर्य वृश्चिक राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । त्यसैले उत्तर अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, पूर्व र दक्षिणतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ०६ः३६ बजेदेखि    ७ः५५ बजेसम्म    उद्धेग बेला
बिहान ७ः५५ बजेदेखि    ९ः१४ बजेसम्म     चर बेला
बिहान ९ः१४ बजेदेखि    १०ः३३ बजेसम्म    लाभ बेला
बिहान १०ः३३ बजेदेखि    ११ः५२ बजेसम्म   अमृत बेला
बिहान ११ः५२ बजेदेखि    १ः११ बजेसम्म     काल बेला
दिनमा १ः११ बजेदेखि    २ः३० बजेसम्म     शुभ बेला
दिनमा २ः३० बजेदेखि    ३ः४९ बजेसम्म    रोग बेला
दिनमा ३ः४९ बजेदेखि    ५ः०८ बजेसम्म    उद्धेग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः०८ बजेदेखि    ६ः४९ बजेसम्म    चर बेला
साँझ ६ः४९ बजेदेखि    ८ः३० बजेसम्म    लाभ बेला
राति ८ः३० बजेदेखि    १०ः११ बजेसम्म    अमृत बेला
राति १०ः११ बजेदेखि    ११ः५२ बजेसम्म   काल बेला
राति ११ः५२ बजेदेखि    १ः३३ बजेसम्म    शुभ बेला
राति १ः३३ बजेदेखि     ३ः१५ बजेसम्म     रोग बेला
रातिमा ३ः१५ बजेदेखि  ४ः५६ बजेसम्म     उद्धेग बेला
रातिमा ४ः५६ बजेदेखि   ६ः३७ बजेसम्म    चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ