arrow

रिक्त दुई विषयगत समिति सभापतिमा सर्वसम्मत

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
madhes-pradesh-sabha-building-2079.jpg
तस्बिर-फाइल

जनकपुरधाम । मधेश प्रदेश सभामा रिक्त दुई वटा विषयगत समितिका सभापति चयन गरिएका छन् । प्रदेश सभाको बिहीबारको बैठकबाट दलीय सहमतिको आधारमा नेपाली कांग्रेसका तर्फबाट कृषि तथा भूमि व्यवस्थापन समितिको सभापतिमा सञ्जयकुमार यादव र प्रदेश मामिला समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट रत्नेश्वरलाल गोइतलाई सर्वसम्मत रुपमा चयन गरिएको हो । 

नवनिर्वाचित सभापतिलाई सभामुख रामचन्द्र मण्डलले आजै पद तथा गोपनीयताको शपथ गराएका छन् । 

मधेश प्रदेशसभामा रहेका सात वटा विषयगत समितिमध्ये अर्थ तथा योजना समितिमा जनमत पार्टीका सतिशकुमार सिंह, प्राकृतिक स्रोत तथा वातावरण समितिमा नेकपा (माओवादी केन्द्र) का शारदा दास (पहाडी), महिला बालबालिका तथा सामाजिक न्याय समितिमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रुपाकुमारी यादव, विकास समितिमा जनता समाजवादी पार्टी (जसपा) का सारदा शङ्करप्रसाद कलवार र सार्वजनिक लेखा समितिमा नेकपा (एमाले) का मञ्जुकुमारी थापामगर सभापति चयन भइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ