arrow

एक सय पटक चीन भ्रमण गरेर अस्ताए अमेरिकी पूर्व विदेशमन्त्री किसिञ्जर

चीन अमेरिका सम्बन्ध सुधारका पक्षधर

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १४ बिहिबार
Henry-Kissinger.jpg

काठमाडौँ । चीन अमेरिका सम्बन्ध बिग्रिएको समय समाधानको बाटो लिने अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिञ्जरको निधन भएको छ । 

चीन अमेरिका सम्बन्ध सुधारका पक्षधर पूर्वविदेशमन्त्री किसिञ्जरको सय वर्षको उमेरमा निधन भएको हो । 

उनको आफ्नै निवासमा बुधवार बिहान निधन भएको हो । 

चीन अमेरिका सम्बन्धमा चिसोपना आएपछि पाँच महिना अघि उनले चीनको भ्रमण गरेका थिए । 

किसिञ्जरलाई चीनका राष्ट्रपति सी चिनफिङले मित्रका रूपमा स्वागत गरेका थिए । 

एक सय वर्षीय किसिञ्जरको एकसयौ पटक चीन भ्रमण गरेका छन्। जुन गत साउनमा भएको भ्रमण अन्तिम भएको छ । 

सन् सत्तरीको दशकमा चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनामा विदेशमन्त्री किसिञ्जरले अहम् भूमिका निर्वाह गरेका थिए । 

रिपब्लिकन पार्टीका किसिञ्जर सन् १९७३ देखि १९७७ सम्म अमेरिकी विदेशमन्त्री भएका थिए । 

भियतनाम युद्ध विरामका लागि पहल गरेका कारण सन् १९७३ मा उनले नोबेल शान्ति पुरस्कार समेत प्राप्त गरेका थिए। 

उनी अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको राष्ट्रिय सुरक्षा सल्लाहकार बनेका थिए। 

उनले चीनसँगको सम्बन्ध बिस्तारका लागि समेत भूमिका निभाएका थिए ।

नोबेल शान्ति पुरस्कार प्राप्त वरिष्ठ कुटनीतिज्ञ किसिञ्जरले गत मे २७ मा आफ्नो एकसयौं जन्म दिवस मनाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ