arrow

यूएई जानुअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपतिलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १३ बुधबार
ramchandra-poudel-prachanda-2080-08-13.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । 

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन प्रचण्ड संयुक्त अरब इमिरेट्स (यूएई) जानुअघि बुधबार राष्ट्रपति भवन शीतल निवासमा उक्त भेट भएको हो । 

सो अवसरमा राष्ट्रपति पौडेलले सम्मेलनमा जलवायु परिवर्तन, हिमाल बचाउ र चुरे संरक्षणका बारेमा प्राथमिकताका साथ विश्व समुदायको ध्यानाकर्षण गराउन र त्यसबाट नेपालले लाभ लिने परिस्थिति सृजना गर्नसमेत प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ