arrow

श्रीकृष्णको प्रिय दिनमा राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १३ बुधबार
rashifal-horoscope-2-1619916090.jpg

आजको पञ्चाङ्ग

मिति २०८० मंसिर १३ गते बुधबार, इस्वीसंवत नोभेम्वर २९ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४४, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्षकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज मार्गशीर्षकृष्णपक्षको द्धित्तीया तिथि दिनमा १ः५५ बजेसम्म त्यसपछि तृत्तीया तिथिमा प्रवेश गर्नेछ । नक्षत्रमा मृगशिरा दिनमा २ः४८ बजेसम्म त्यसपछि आद्रा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा साध्य ३९ घटि ४२ पलासम्म त्यसपछि शुभ योग लाग्नेछ । करणमा वणिज अहोरात्र रहनेछ । आनन्दादि योगमा अमृत रहनेछ ।

सूर्य वृश्चिक राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । आज दिनमान २६ घटि १५ पला अर्थात १० घण्टा ३३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः३६ बजे तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः०६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय साँझमा ६ः४० बजे र अस्ताउने समय भोलि बिहानमा ८ः२६ बजे रहेको छ ।

आजको राशिफल :

मेष : मेष राशि भएकाहरूका आज पनि समय शुभ छ । थोरै समय र सानो लगानी गरी शुरु गरिने व्यावसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग भेटी नयाँ कामको योजना बनाउन सकिनेछ । पढाई लेखाईमा पनि भनेजस्तो सफलता हात लाग्ने हुँदा अरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेरै धेरै कामहरु फत्ते गर्न सकिनेछ ।

वृष : वृष राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । अल्छी गर्ने बानीले महत्वपूर्ण कामहरु सम्पादन गर्न मुस्किल हुनेछ । समयमो ख्याल नगर्दा परिस्थितिले नसोचेको बाटो लिन सक्छ ध्यान दिनुहोला । आर्थिक मुद्दामा आफन्त तथा सहयोगी सँग मनमुटाबको सिर्जना हुनेछ भने आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । व्यापार व्यावसायमा लगानी गर्ने अवसर आए पनि समयले साथ नदिंदा घाटा लाग्नेछ । दाजुभाई तथा छिमेकीसँग अनावश्यक विवाद गर्नु पर्दा मानसिक तनाव बढ्नेछ ।

मिथुन : आज मिथुन राशि भएकाहरूका लागि आज पनि समय अत्यन्तै शुभ छ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्तबाट सहयोग पाईनेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गरी अरुलाई देखाउन सकिनेछ । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ ।

कर्कट : आज कर्कट राशिका लागि आज पनि समय खराब रहनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ सहयोग नपाईने हुँनाले आफ्ना योजनाहरु अधुरै नै रहनेछन् । राज्यको विभिन्न पदमा बस्नेले समयमा काम नगर्दा कामहरु थाती रहनेछन् । गोप्य सूचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँदा विद्या तथा प्रतिस्पर्धामा अरु भन्दा पछि परिनेछ ।

सिंह : आज सिंह राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । बिभिन्न अवसरको सहि तरिकाले सदुयपोग गर्न सक्दा धेरै उपलब्धि हात पर्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धनको भण्डार बढ्नेछ । बौद्धिकताको उपयोग गरि आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । परिवार तथा जीवन साथीको सहयोगले उत्साह जगाउनेछ । सुन्दर तथा विलासी पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज पनि समय सामान्य छ । तपाईको खुट्टा तान्ने मानिसहरु हावी हुँने तथा शत्रुहरु सलबलाउनेछन् । न्यायालयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला अनावश्यक मुद्दा मामिला आईलाग्नेछन् । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नु हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ।

तुला : तुला राशि भएकाहरूका लागि आज पनि समय खराब छ । माया प्रेमको डोरो कसिलो हुनेछ भने प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । पढ्न लेखाईमा खासै मन नजादा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिए पनि आम्दानी थोरै हुनेछ भने कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुका लागि समय फलदायी रहनेछ ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । भौतिक सम्पति तथा सवारी साधनको खरिद बिक्री गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना हुँन सक्छ । नीति नियम तथा कानुनको पालना नगर्दा दण्ड तथा जरिवाना तिर्नु पर्ने हुँन सक्छ ध्यान दिनुहोला । मध्यान्हपछिको समय राम्रो रहेकोले व्यापारमा बढोत्तरीको योग रहेकोछ भने आर्थिक अवस्था सुदृढ हुनेछ ।

धनु : धनु राशिका लागि आज समय शुभ छ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ । आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् भने सानो तिनो प्रयत्नले ठूलै काम सम्पादन हुनेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोगबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । कृषि, पशुपालन, तरल पदार्थ तथा खनिज पदार्थजन्य उद्योगमा लगानी गर्दा भनेजस्तो नाँफा कमाउन सकिनेछ ।

मकर : मकर राशि भएकाहरूका लागि आज राम्रो रहनेछ । वैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायी रहनेछ । मध्यान्हपछिको समय उत्तम रहेकोले समाजमा तपाईको कामबाट सबै जना खुसि हुनेछन् भने मान सम्मानमा बृद्धि भएर जानेछ । रोकिएका कामहरु पुनः सुचारु हुने हुनाले मन प्रशन्न रहनेछ । अध्ययनमा सुधार हुँदै जाने योग रहेकोछ ।

कुम्भ : कुम्भ राशिका लागि आज पनि स्वास्थ्य भरपर्दो रहनेछैन । आफन्त तथा घर भित्रकै मानिसहरुले असहयोग गर्ने तथा हल्लाको पछि लाग्नाले दुःख पाईनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले पहिले गरिएका लगानीबाट मनग्य आम्दानी हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले अरुभन्दा अग्रस्थानमा तपाईको नाम आउनेछ । मिष्टान्न भोजनका साथ परिवारका सदस्यसँग रमाउन सकिनेछ ।

मीन :  मीन राशि भएकाहरूका लागि आज पनि समय खराब रहनेछ । आज मानसिक चोट पर्ने कुरा कसैले गर्न सक्छ, अपमानित हुने ठाउँमा नजानु नै बेस, तपाईंको काम विगार्नेतर्फ आफन्त, नजिकका नाता समेत लागि पर्ने छन्, आज खर्च सोचेभन्दा ज्यादा हुनेछ, मनमा तनाव, कुनै पनि काम छिटो-छिटो गर्छुभन्दा झन् ढिलो हुन जानेछ ।

साइत : सूर्य वृश्चिक राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर र पूर्वतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ०६ः३३ बजेदेखि    ७ः५२ बजेसम्म    लाभ बेला
बिहान ७ः५२ बजेदेखि    ९ः१२ बजेसम्म     अमृत बेला
बिहान ९ः१२ बजेदेखि    १०ः३१ बजेसम्म    काल बेला
बिहान १०ः३१ बजेदेखि    ११ः५१ बजेसम्म   शुभ बेला
बिहान ११ः५१ बजेदेखि    १ः१० बजेसम्म     रोग बेला
दिनमा १ः१० बजेदेखि    २ः२९ बजेसम्म     उद्धेग बेला
दिनमा २ः२९ बजेदेखि    ३ः४९ बजेसम्म    चर बेला
दिनमा ३ः४९ बजेदेखि    ५ः०८ बजेसम्म    लाभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः०८ बजेदेखि    ६ः४९ बजेसम्म    अमृत बेला
साँझ ६ः४९ बजेदेखि    ८ः३० बजेसम्म    काल बेला
राति ८ः३० बजेदेखि    १०ः१० बजेसम्म    शुभ बेला
राति १०ः१० बजेदेखि    ११ः५१ बजेसम्म   रोग बेला
राति ११ः५१ बजेदेखि    १ः३२ बजेसम्म    उद्धेग बेला
राति १ः३२ बजेदेखि     ३ः१२ बजेसम्म     चर बेला
रातिमा ३ः१२ बजेदेखि  ४ः५३ बजेसम्म     लाभ बेला
रातिमा ४ः५३ बजेदेखि   ६ः३४ बजेसम्म    अमृत बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : मध्यान्हमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

भिडियो



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ