arrow

दुर्गा प्रसाईको आन्दोलनमा झडप, आचार्य श्रीनिवाससहित केही पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ११ सोमबार
durga-prasai-acharya-srinib.jpg

काठमाडौँ । विवादास्पद धर्मगुरु आचार्य श्रीनिवाससहित केहीलाई प्रहरीले पक्राउ गरेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईले गौशालामा आयोजना गरेको विरोध प्रदर्शनमा आराजक अभिव्यक्ति दिएको भन्दै श्रीनिवाससहित केहीलाई प्रहरीले पक्राउ गरेको हो।

आजको प्रदर्शनमा प्रसाई समर्थकले केहीबेर ढुंगामुढा गरेपछि गौशालामा तनाव भएको थियो। प्रसाई समूहले हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको छ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन चार सेल अश्रुग्याससमेत प्रहार गरेको छ । गत बिहीबारदेखि प्रसाई समूहले राजधानी केन्द्रित आन्दोलन गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ