arrow

पोखरा जेसिसमा देवराज शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ११ सोमबार
Devraj sharma.jpg

पोखरा । पोखरा जेसिसको अध्यक्षमा देवराज शर्मा निर्वाचित भएका छन् । संस्थाको वर्ष २०२४ का लागि उनी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । जेसिजको ४४ औं शाखा अधिवेशन तथा ४९ औं बार्षिक साधारणसभाले शर्मा अध्यक्षमा निर्वाचित गरेको हो । 

संस्थाको कार्यकारिणी उपाध्यक्षमा कृष्ण सुनार, महासचिवमा तिलक प्रसाद लामिछाने, कोषाध्यक्षमा कपिल पौडेल, सचिवमा रबिन पौडेल र सहकोषाध्यक्षमा बलराम कुइँकेल निर्वाचित भएका छन् ।

समितिको उपाध्यक्षमा मीना कुमारी थापा, पवित्रा अधिकारी, नवराज पौडेल र राजेन्द्र रानाभाट चयन भएका छन् । 

यस्तै, निर्देशकमा निश्चल खरेल, सुजन पोख्रेल, सञ्जय कुमार शर्मा र किरण आचार्य रहेका छन् ।

समितिको अनुगमन सभापतिमा कमलराज पराजुली, अध्यक्षीय सल्लाहकारमा अन्नत प्रधानाङ्ग, कानूनी सल्लाहकारमा कुशल पौडेल, बोर्ड सल्लाहकारमा भाइराजा राना मगर र सुमन पहारी, बृद्वि सभापति रवीन्द्र गोदार, शुक्रवारसरीय प्रवचनमाला संयोजक सञ्जय पौडेल, थिम निर्देशक विजय बराल, लोम ईडिटर ईभिक कर्मचार्य, एलबीएम चियरपर्शन जीवन महर्जन, तालिम आयुक्त राजकुमार बोहरा, अभ्यास तालिम संयोजक राजकुमार गुरूङ, अवार्ड प्रमोशन संयोजक नारायण प्रसाद बास्तोला, मिडिया रिलेशन संयोजक विवेक ढुङ्गाना छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ