arrow

दाउले टाउकोमा हानेर बुवाको हत्या गर्ने छोरा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ११ सोमबार
pakrau9.jpg

झापा । झापाको कमल गाउँपालिकामा छोराले बुवाको हत्या गरेका छन् । 

कमल–४ का ५० वर्षीय भोलाकुमार तामाङलाई उनकै छोरा आशिष तामाङले दाउले टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए । 

उनका अनुसार छोराले आज बिहान दाउले हिर्काउँदा बुवाको घटनास्थलमै मृत्यु भएको थियो । 

आशिषले बुवाको टाउको र दाँहिने खुट्टामा दाउ र कराईले प्रहार गरेको प्रहरीले जनाएको छ ।

 हत्या गरेर भागेका आशिषलाई प्रहरीले पक्राउ गरेको छ ।

कमल–४ कै दूधडेरी भन्ने स्थानमा लुकिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रनाउ रिजालले जानकारी दिए। 

घटनाका बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटिएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ