arrow

नजरबन्दमा रहेको गलत सन्देश दिने दुर्गा प्रसाईको रिट फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १० आइतबार
durga-prasai-home-2080-08-0.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको छ । गत शुक्रबार प्रसाईलाई घरमै नजरबन्द राखेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको हो । 

राजतन्त्र पुनर्स्थापनासहितको माग राखेर आन्दोलनमा होमिएका प्रसाईलाई गत शुक्रबार प्रहरीले घर बाहिर निस्कन नदिएर नजरबन्दमा राखेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमाम बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए । 

तर आइतबार न्यायाधीश कुमार चुडालको इजलासमा बहसका क्रममा प्रसाई खुला रुपमा भाषण गरिरहेको प्रसङ्ग उठेपछि वरिष्ठ अधिवक्ता भण्डारीले रिट फिर्ता लिएका हुन् ।

प्रसाईले आफूलाई चर्चामा ल्याउनका लागि अफबाह फैलाएर दिनभर मिडियासँग कुराकानी गरिरहेका थिए । जबकि नजरबन्दमा राखिएकालाई मिडियासँग कुराकानी गर्न त के टेलिफोन सम्पर्कसमेत गर्न दिइँदैन । 

प्रसाईले आफूलाई नगरबन्दमा राखिएको बताएकै तीनकुनेमा गएर आन्दोलन गर्न आफ्ना समर्थकलाई भड्काएका थिए । 

प्रशासनले भने दुर्गा प्रसाईलाई नजरबन्दमा राखेको नभइ सुरक्षा दिइरहेको बताएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ