एनएसएलमा ललितपुर र पोखरा विजयी, वीरगंज र धनगढी भिड्दै
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १० आइतबार
2.6k
Shares
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको दिनको खेलमा शनिबार ललितपुर सिटी एफएसी र पोखरा थन्डर्स विजयी भएका छन् । साविक विजेता ललितपुरले बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको हो ।
दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुर सिटी एफएसीले बुटवल लुम्बिनीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
ललितपुरको जितमा दिनेश हेम्जन र अनन्त तामाङले एक एक गोल गरेका थिए । दिनेशले खेलको २६औं मिनेटमा गोल गरेका थिए भने अनन्तले खेलको ३१औं मिनेटमा गोल गरेका थिए ।
शनिबारनै सम्पन्न खेलमा पोखरा थण्डर्सले एफसी चितवनलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।
एनएसएल अन्तर्गत आइतबार एक खेल हुँदैछ । आइतबार वीरगंज युनाइटेड एफएसी र धनगढी एफसीबीच खेल हुन लागेको हो ।