arrow

सूर्य देवको प्रिय दिनमा राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १० आइतबार
rashifal-horoscope-blue.jpg

आजको पञ्चाङ्ग

मिति २०८० मंसिर १० गते आइतबार, इस्वीसंवत नोभेम्वर २६ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४४, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कात्तिकशुक्ल पक्ष चलिरहेको छ । सौरमान अनुसार आज कात्तिकशुक्लपक्षको चतुर्दशी तिथि दिनमा ३ः२० बजेसम्म त्यसपछि पूर्णिमा तिथिमा प्रवेश गर्नेछ । नक्षत्रमा भरणी दिनमा २ः२३ बजेसम्म त्यसपछि कृत्तिका नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा परिध ५० घटि २३ पलासम्म त्यसपछि शिव योग लाग्नेछ । करणमा भद्रा अहोरात्र रहनेछ । आनन्दादि योगमा काल रहनेछ ।

सूर्य वृश्चिक राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । आज दिनमान २६ घटि २२ पला अर्थात् १० घण्टा ३६ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः३४ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः०७ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय दिनमा ४ः१३ बजे र अस्ताउने समय भोलि बिहानमा ५ः१४ बजे रहेको छ । आज पूर्णिमा व्रत गर्ने दिन रहेको छ ।

आजको राशिफल

मेष : मेष राशि भएकाहरूका आज समय शुभ छ । सोच र विषयवस्तुप्रति मन केन्द्रित हुनेछ । गोपनीय ढंगले गरिएको कामबाट मनग्य फाइदा हुनेछ । सुखद् समाचारले अझ उत्साह बढ्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ ।

वृष : वृष राशि भएकाहरूका लागि आज समय खराब रहनेछ । धार्मिक वा सांस्कृतिक महत्वको यात्राको सम्भावना छ । दिक्क र झर्कोलाग्दो दिन भए पनि साँझमा शुभ कुराको सङ्केत मिल्नेछ । बिर्सिसकेको आफन्त वा साथीभाइसित भेटघाट हुने सम्भावना छ । आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्याउन सक्दैनन्, त्यसैले आफ्नै बुद्धि र बलको प्रयोग गरेमा अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ ।

मिथुन : आज मिथुन राशि भएकाहरूका लागि समय शुभ छ । प्रभावशाली र ठूला मानिसको सहयोग जुटाउन सकिन्छ । आमाको सहयोगबाट फाइदा मिल्नेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । तर, स्वास्थ्यमा समस्या आउन सक्छ । सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिने छ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।

कर्कट : आज कर्कट राशिका लागि आज पनि समय मध्यम खालको छ । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । पोशाक, पहिरन र सरसफाइमा ध्यान पुर्याउने समय मिल्नेछैन । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् । आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । मान-सम्मानमा आघात पर्ने देखिन्छ । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ ।

सिंह : सिंह राशि भएकाहरूका लागि आज समय शुभ छैन । हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ । मानसम्मानमा आघात पुग्न सक्छ । योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने बन्नेछन् । खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला । सहयोगीहरू कमै भेटिनेछन् ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज समय शुभ छ । पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ ।

तुला : तुला राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । समय उत्साहवद्र्धक रहनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लाग्ने समय छ । पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ । नयाँ ज्ञान प्राप्त हुनेछ । दाम, नाम, इनाम हातपार्ने बेला छ ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज शुभ छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने छ । टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिने छ । स्वास्थ्यप्रति सतर्क रहनु पर्छ । भेटघाटमा अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ । चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिने छ । दिगो आम्दानी हुने काम फेला पार्न सकिने छ ।

धनु : धनु राशिका लागि आज समय भरोषा गर्न योग्य छैन । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट खासै लाभ पाउन सकिंदैन । लामो समयदेखि काम बन्न नसकेकाले मनमा निराशा र वैराग्यका भावना टुसाउन सक्छन् । यद्यपि सामाजिक दायित्व बढ्नेछ । परिश्रम र मिहिनेतका बलमा प्रशस्त लाभ उठाउन सकिने छ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुनसक्छ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मकर : मकर राशि भएकाहरूका लागि आज समय शुभ छैन । काममा अनावश्यक प्रतिस्पर्धा गर्नुपर्ला । परदेश वा दूरदराजका क्षेत्रबाट लाभ लिन सकिने छ । लेनदेनको कारणले विवाद आउने सम्भावना छ । विपरीत लिङ्गीहरूबाट पनि सचेत हुनुपर्छ । अनावश्यक दौडधुपमा समय बित्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् ।

कुम्भ : कुम्भ राशिका लागि आज समय शुभ छ । स्वास्थ्यले साथ राम्रै दिनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जाँगर बढ्नेछ, जागीर खाने ईच्छा भएमा प्रयास गर्नुहोस् सफलता मिल्ने छ । तपाईंले आँटेका सबै काममा राम्रो सफलता, परिश्रम अनुसारको आर्थिक लाभ राम्रो पाउनु हुनेछ । समय विशेष शुभ रहेकाले धार्मिक कार्यमा लगानी गरेमा लाभ तथा पुण्य मिल्नेछ ।

मीन : मीन राशि भएकाहरूका लागि आज समय उपयुक्त छैन । आँटेका काम बन्ने सङ्केत छैन । मुख्य काममा बाधा हुने देखिन्छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ वा सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । प्रयत्न गरे पनि परिश्रम निरर्थक हुनेछ । आश्वासन बाँड्नेको भर पर्नु हुँदैन, झुक्याउन सक्छन् । व्यावसायिक काममा खर्च बढ्नेछ । सवारीमा सावधानी अपनाउनुहोला ।

साइत : सूर्य वृश्चिक राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । त्यसैले पूर्व र उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम र दक्षिणतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ०६ः३१ बजेदेखि    ७ः५१ बजेसम्म   उद्धेग बेला
बिहान ७ः५१ बजेदेखि    ९ः११ बजेसम्म     चर बेला
बिहान ९ः११ बजेदेखि    १०ः३० बजेसम्म    लाभ बेला
बिहान १०ः३० बजेदेखि    ११ः५० बजेसम्म   अमृत बेला
बिहान ११ः५० बजेदेखि    १ः१० बजेसम्म     काल बेला
दिनमा १ः१० बजेदेखि    २ः२९ बजेसम्म    शुभ बेला
दिनमा २ः२९ बजेदेखि    ३ः४९ बजेसम्म    रोग बेला
दिनमा ३ः४९ बजेदेखि    ५ः०८ बजेसम्म    उद्धेग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः०८ बजेदेखि    ६ः४९ बजेसम्म    चर बेला
साँझ ६ः४९ बजेदेखि    ८ः२९ बजेसम्म    लाभ बेला
राति ८ः२९ बजेदेखि    १०ः१० बजेसम्म    अमृत बेला
राति १०ः१० बजेदेखि    ११ः५० बजेसम्म   काल बेला
राति ११ः५० बजेदेखि    १ः३१ बजेसम्म    शुभ बेला
राति १ः३१ बजेदेखि     ३ः११ बजेसम्म     रोग बेला
रातिमा ३ः११ बजेदेखि  ४ः५२ बजेसम्म     उद्धेग बेला
रातिमा ४ः५२ बजेदेखि   ६ः३२ बजेसम्म    चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

भिडियाे



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ