arrow

समाजमा धार्मिक अतिवाद र सामाजिक सद्भाव बिथोल्ने काम जारी छ: प्रधानमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ९ शनिबार
prachnda-new-balwatar.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा धार्मिक अतिवाद र सामाजिक सद्भाव बिथोल्ने काम भइरहेको बताएका छन् । 

शनिबार बालुवाटारमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले अहिले एकथरी मानिसहरू जातीय रूपले साम्प्रदायिकता फैल्याउने, धार्मिक रूपले पनि धार्मिक अतिवाद र त्यसबाट कहीँ न कहीँ असहिष्णुता र भएको सामाजिक सद्भाव खलल गर्ने प्रयासमा लागेको बताए । 

उनले राष्ट्रिय एकता कायम गर्ने, राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने, राष्ट्रिय स्वतन्त्रताको संरक्षण गर्ने मासवादीले भएको र आजको दिनमा माओवादीले नै त्यसको नेतृत्व गरिरहेको बताए ।

उनले भने, ‘अहिले एकथरी मानिसहरू जातीय रूपले पनि साम्प्रदायिकता फैल्याउने, धार्मिक रूपले पनि धार्मिक अतिवाद र त्यसबाट कहीँ न कहीँ असहिष्णुता र भएको सामाजिक सद्भाव पनि खलबल पार्ने कोसिस भइरहेको देखिन्छ । यसले आखिरमा राष्ट्रिय एकता कायम गर्ने, राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने, राष्ट्रिय स्वतन्त्रताको संरक्षण गर्ने भनेको मासवादीले नै हो । आजको दिनमा माओवादीले नै त्यसको नेतृत्व गर्नुपर्छ ।’

प्रधानमन्त्री दाहालले कोप २८ मा नेपाल योद्धाको रूपमा प्रस्तुत हुने बताए । 

उनले ठूला शक्ति राष्ट्रले निम्त्याएको पर्यावरणीय जोखिमको मार भूगोलको हिसाबले साना र जनसङ्ख्याको हिसाबले अति कम विकसित र विकासोन्मुख मुलुकले व्यहोर्नु परिरहेको बताए । 

उनले गरिव देशहरूको मध्ये पनि बालबालिका, महिला र अशक्तहरूलाई यसको सबैभन्दा बढी जोखिम भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ