arrow

कसैको नजर नलागोस्

logo
कविता गौतम, 
प्रकाशित २०८० मंसिर ९ शनिबार
kabita-gautam-2080-08-09.jpg

पाउनेलाई गर्व अनि 
गुमाउनेलाई पछुतो होस्
प्रगति धेरै होस् मेरो
शत्रुहरु प्रगति देखेर हेरेको हेरै होस् 

देखेका सपनाहरु पूरा गर्नु छ मैले बिन्ती
केही पनि अधुरो नहोस् 

घाम भन्दा पनि उज्यालो बनाउनु छ मेरो यो जिन्दगी
बिन्ती छ मधुरो नहोस् 

सहनशील भई काम गर्दै छु म 
अब मेरो मिहिनेतले शिखर चुमोस् 

रीस डाहा गर्ने धेरै छन् मेरो
जीवनमा अन्धकारले नछाओस् 

प्रगतिशील यी मेरा पाइलाहरुमा
कसैको नजर नलागोस् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ