arrow

दुर्गा प्रसाईँलाई नजरबन्दमा राखिएको छैन, सुरक्षा दिइएको हो : काठमाडौँ सीडीओ [भिडियो]

प्रसाईँको गैरकानूनी हर्कत काठमाडौँमा चल्दैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ८ शुक्रबार
jitendra-basnet-ktm-cdo.jpg

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले व्यवसायी दुर्गा प्रसाईँलाई नजरबन्दमा नराखिएको बताएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी बोलाएको सुरक्षा निकायको बैठकपछि काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीयोले) जितेन्द्र बस्नेतले सो कुरा बताएका हुन् । सीडीयो बस्नेतले व्यवसायी दुर्गा प्रसाईँलाई नजरबन्दमा नराखिएको र सुरक्षा प्रदान गरिएको बताए ।

उनले जारी विरोध प्रदर्शनलाई सुरक्षित र व्यवस्थित बनाउन उपत्यकामा सुरक्षा व्यवस्था मजबुत बनाएको बताए। उनले बैठकमा काठमाडौंको सुरक्षा चुनौती विश्लेषण गरिएको र यथोचित सुरक्षा प्रबन्ध मिलाउने बारेमा सम्बन्धित निकायहरूसँग छलफल गरेको बताए । 

उनले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले तीनकुनेमा कार्यक्रम गर्न अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने, सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याउने, विशिष्ट पदाधिकारीको निवासमा घेराउ गर्ने उनीहरूमाथि आक्रमण गर्ने कार्यक्रम सार्वजनिक गरेकाले तीनकुने क्षेत्रमा कार्यक्रम गर्न नदिइएको बताए । 

उनले कानून हातमा लिने कुप्रयास गर्ने समूह र व्यक्तिलाई चेतावनी स्वरूप अनुमति बिना कार्यक्रम गर्न नपाइने व्यवस्था गरेको बताए । 

उनले कार्यक्रमलाई शान्तिपूर्ण बनाउनुपर्ने ठाउँमा बिहीबार साँझ पत्रकार सम्मेलन गरी कानूनलाई चुनौती दिने र गैरकानूनी कार्यक्रम सार्वजनिक गरेको भन्दै गैरकानूनी हर्कत काठमाडौँमा नचल्ने चेतावनी दिए । उनले भने,' दुर्गा प्रसाईँको गैरकानूनी हर्कत काठमाडौँमा चल्दैन ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ