arrow

बाघले लियो ४३ वर्षीय हरि पौडेलको ज्यान

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ८ शुक्रबार
tiger2019-05-29.jpeg
तस्बिर – फाइल ।

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं १ दुवीचौरका ४३ वर्षीय हरि पौडेल रहेका छन् ।
 
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान ९ः४५ बजे पौडेलको मकवानपुरको मनहरी गाउँपालिका–६ लोथरस्थित राप्ती दोभानमा घाँस काट्न गएको बेला बाघको आक्रमणबाट मृत्यु भएको हो ।
 
यसैगरी नारायणी नदीमा माछा मार्न गएका एक व्यक्ति मृत फेला परेका छन् । भरतपुर महानगरपालिका वडा नं १६ निवासी १८ वर्षीय समीर परियार मृत फेला परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहीबार साँझ घर नजिकै नारायणी नदीमा माछा मार्न गएका परियार आज मृत अवस्थामा फेला परेका हुन् ।
     
बिहीबार साँझ परिवारको सम्पर्कमा नआएका उनलाई आज बिहान खोजतलास गर्दा फेला परेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ