arrow

दुर्गा प्रसाईका समर्थक ठाउँठाउँमा सडकमा, पक्राउ पर्नेहरुको रिहाइको माग [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ८ शुक्रबार
durga-prasai-samarthak-sallaghari (6).jpg

काठमाडौँ । नागरिक बचाउ अभियानका अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईका समर्थहरु सडकमा निस्केका छन् । उनीहरु आन्दोलनका लागि तीनकुनेमा भेला भएपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । दुई दर्जन भन्दा बढी पक्राउ परेको जनाइएको छ । 

पक्राउ पर्नेहरुको रिहाईको माग गर्दै समर्थकहरुले सानोठिमी सल्लाघारी मुख्य सडक अवरुद्ध गरेका छन् । उक्त क्षेत्रको सडक अहिले ठप्प पार्न खोजिएको छ । 

उनीहरुले घरमै नजरबन्दमा रहेका प्रसाईकोसमेत नजरबन्द मुक्तको माग गरेका छन् । 

प्रहरीका अनुसार तीनकुनेबाट पक्राउ पर्नेमा बिनिता थापा, देवेन्द्र थापा, मिना शाही, क्षितिज तिमिल्सिना, नरबहादुर सिलवाल, आङनिमा शेर्पा, नवराज अधिकारी, तेजनारायण कँडेल, कौशल आचार्य, मुकुन्दप्रसाद भण्डारी, सुजन खड्का, गगन थापा, गणेश पराजुली, उणेश पराजुली, आशाबहादुर घिमिरे, श्याम तिमिल्सिना, हरी थापा, राजु भारती, प्रेमप्रसाद घिमिरे, यम कुमार मैनाली, हरीप्रसाद दहाल, दिलबहादुर घिसिङ, धन सिल्पकार, मिना श्रेष्ठ, वीरेन्द्र सेन र सावित्रा क्षेत्री हुन् । उनीहरुलाई माइतीघरस्थित प्रहरी वृत्तमा राखिएको छ ।

यता प्रसाईको घर वरिपरि सुरक्षाकर्मीको उपस्थिति बाक्लो देखिएको छ । उनले शुरुआतमा एक दिनका लागि बिहीबार काठमाडौँमा जुलुससहित प्रदर्शन गर्ने भनेको भए पनि आजदेखि फेरि तीनकुने केन्द्रित आन्दोलन थाल्ने भएपछि सुरक्षास्थिति बिग्रिन नदिन सुरक्षाकर्मी उनको घर वरिपरि बढाइएको हो । 

उनी आफ्नो घरमै रहँदा भीड उत्तेजित पार्न खोजेको आरोपमा दुर्गा प्रसाईका समर्थकहरु विभिन्न स्थानबाट पक्राउ परेका छन् । 

हिजो बल्खुमा प्रदर्शन गरेका प्रसाईले आजबाट तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेका थिए । तर काठमाडौँ जिल्ला प्रशासनले भने तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिएको जनाएको थियो । 

उसले शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी गतिविधि गरेमा कारबाही गर्ने चेतावनीसमेत विज्ञप्ति जारी गरी दिएको थियो ।

प्रहरीले भीड उत्तेजित पार्न खोजेकाले पक्राउ गरिएको भन्दै त्यस्ता गतिविधिहरु गरेको शंका लागेमा जहाँ पनि जसलाई पनि पक्राउ गर्न सकिने जनाएको छ । 

तीनकुनेमा सरक्षा व्यवस्था कडा पारिएको छ । 

यता प्रसाईले भने आफ्नो आन्दोलन नरोकिने बताएका छन् । 

durga-prasai-samarthak-sallaghari (7).jpg
durga-prasai-samarthak-sallaghari (8).jpg
durga-prasai-samarthak-sallaghari (1).jpg
durga-prasai-samarthak-sallaghari (2).jpg
durga-prasai-samarthak-sallaghari (3).jpg
durga-prasai-samarthak-sallaghari (4).jpg
durga-prasai-samarthak-sallaghari (5).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ