arrow

बल्खुमा दुर्गा प्रसाईँको शक्ति प्रदर्शन

ओलीलाई प्रसाईँले भने - तपाईँका कमान्डका मानिसहरूले चेलीको बलात्कार गर्न खोजे हजुरबुबा [भिडियो]

प्रचण्डलाई सलेन्डर गर्न सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ७ बिहिबार
durga-prasain-2080-08-07.jpg

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईँले युवासंघका कार्यकर्ताले चेलीको बलात्कार गर्न खोजेको आरोप लगाएका छन् । 

युवासंघले प्रदर्शनमा आएका महिलालाई पार्टी प्यालेसबाट राति खेदाएको विषयमा प्रसाईँले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गुनासो गरेका हुन् । 

उनले अध्यक्ष ओलीलाई हजुरबुबा भन्दै भने ,' म हजुरबुबालाई राम्रोसँग भन्छु । गरिब गाउँबाट आएका चेलीलाई राति सुतेको ठाउँमा तपाईँका कमान्डका मानिसहरूले बलात्कार गर्न खोजे हजुरबुबा ।'

प्रसाईँको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले बल्खुमा गरेको शक्ति प्रदर्शनमा उनले यस्तो बताएका हुन् । 

उनले राष्ट्रिय दलाल, तस्करहरूबाट देश सञ्चालन भएको आरोप लगाएका छन् । देशमा सबैभन्दा बडी सुन तस्कर भएर भारत जाने गरेको बताए । 

राजा महेन्द्रको पालमा उद्योग राष्ट्रको रूपमा नेपाल स्थापित भएको तर नेताहरूले डामाडोल बनाएको आरोप लगाए । नेपाल अहिले तस्करीको देश बनेका उनको भनाइ छ । मारवाडी र नेता बलियो भए पनि व्यापारी धराशायी भएको उनले बताए । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सलेन्डर गर्न उनले सुझाव दिएका छन् ।  प्रचण्डसँग २० वर्षसँगै काम गरेको भन्दै उनले भने, 'तपाई सलेन्डर गर्नुस् । जनतासँग आउनुहोस्'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ