arrow

बल्खुमा प्रसाई समूहको तडकभडक [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ७ बिहिबार
durga-prasai-nara-julus-208.jpg

काठमाडौँ । राजधानीमा एमाले निकट युवा संघ र दुर्गा प्रसाईले नेतृत्व गरेको धार्मिक महाअभियानको दुईओटा छुट्टाछुट्टै समूहले विरोध सभा र प्रदर्शन गरिरहेका छन् । 

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले तीनकुनेमा शान्तरुपले विरोध सभा गरिरहेको छ भने दुर्गा प्रसाईको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले विभिन्न आठ ठाउँबाट नाराजुलुससहित पुगेर बल्खुमा प्रदर्शन गरिरहेको छ । 

यो पहिलो प्रदर्शनपछि राजधानीमा भोलिदेखि एक सातासम्म विभिन्न ठाउँमा जुलुस प्रदर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ । 

प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब साढे ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने सरकारी योजना रहेको छ । 

त्यसका लागि बिहानैदेखि सुरक्षाकर्मीहरु सिफ्ट अनुसार खटिएका छन् । प्रदर्शन स्थल र जुलुस आउने बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित भएका छन् । 

काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा व्यवस्था मिलाइएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताएका छन् । 

ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९७८ जना ट्राफिक प्रहरी परिचालित हुनेछन् । प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागबाट सूचना संकलनका लागि ३५१ जना सुरक्षाकर्मी परिचालन गरेको छ । 

प्रदर्शनमा मुठभेड हुन नदिन र सुरक्षा व्यवस्था चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएको छ । डीआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर बनाइएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । 

कमाण्ड सेन्टरमा सशस्त्र प्रहरी बलका एसएसपी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक प्रदेशसिंह हमाल र नेपाली सेनाका कर्णेल सहितको ‘संयुक्त टिम’ रहनेछन् । 

प्रदर्शन स्थलमा सुरक्षा व्यवस्थापनको नेतृत्व काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले गर्दैछन् । बल्खु र तीनकुनेमा हुने प्रदर्शनमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिने काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले जनाएका छन् । 

प्रहरीले ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गर्ने भएको छ । तीनकुनेमा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएकाले ड्रोन प्रयोग गर्न संभव नभएको प्रहरीले जनाएको छ । 

काठमाडौँ प्रहरीलाई प्रहरी प्रधान कार्यालयले सुरक्षा निगरानीका लागि थप दुई ओटा ड्रोन उपलब्ध गराएको छ । प्रदर्शन स्थलमा २ थान ज्यामर भेहिकल प्रयोग गर्ने सुरक्षा निकायको तयारी छ । 

durga-prasai-nara-julus-2080-08-07 (1).jpg
durga-prasai-nara-julus-2080-08-07 (2).jpg
durga-prasai-nara-julus-2080-08-07 (3).jpg
durga-prasai-nara-julus-2080-08-07 (4).jpg
durga-prasai-nara-julus-2080-08-07 (5).jpg
durga-prasai-nara-julus-2080-08-07 (6).jpg
durga-prasai-nara-julus-2080-08-07 (7).jpg
durga-prasai-nara-julus-2080-08-07 (8).jpg
durga-prasai-nara-julus-2080-08-07 (9).jpg
durga-prasai-nara-julus-2080-08-07 (10).jpg
durga-prasai-nara-julus-2080-08-07 (11).jpg
durga-prasai-nara-julus-2080-08-07 (12).jpg
durga-prasai-nara-julus-2080-08-07 (13).jpg
durga-prasai-nara-julus-2080-08-07 (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ