arrow

एसियाली र पश्चिमी प्रशान्त क्षेत्रका निर्माण व्यवसायीलाई प्रचण्डले यसो भने [भिडियो]

मुलुकको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको भुमिका महत्वपूर्ण

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ७ बिहिबार
prachnda-2080-08-07.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको महत्वपूर्ण भुमिका रहेको बताएका छन् । 

बिहीवार एसियाली र पश्चिमी प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

उनले दिगो आर्थिक विकास र निर्माणको लागि निजी क्षेत्रले नेतृत्व लिन आवश्यक रहेको बताए । 

उनले नेपालले सन् २०४५ सम्म कार्वन उत्सर्जन शुन्यमा ल्याउने अन्तर्राष्ट्रिय प्रतिवद्धता जनाएको भन्दै विकास निर्माणका काम पनि त्यहीअनुसार गरी रहेको बताए । 

उनले सरकार दिगो पूर्वाधारको प्रवद्र्धनका लागि प्रतिवद्ध रहेको बताए । उनले दिगो पूर्वाधार विकासको लागि सरकारको प्रमुख प्राथमिकतामा रहेको बताए ।

प्रधानमन्त्री दाहालले पूर्वाधार निर्माणले हरितगृह उत्सर्जनमा नेपालको ठूलो योगदान रहेको बताए । उनले दिगो पूर्वाधार विकासको लागि आर्थिक तथा नीतिगत सुधार गर्न आवश्यक पहल गर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ