arrow

सत्तारुढ गठबन्धनले सरकार छोड्नुपर्ने ओलीको तर्क

सरकारको निकम्मापनले प्रतिगामी शक्तिहरूलाई हौसला प्रदान गर्‍यो, स्वीकार्य हुन्न [भिडियो]

गठबन्धन सरकारले अर्थतन्त्रलाई सकारात्मक बाटोमा फर्काउन सक्ने सम्भावना छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ६ बुधबार
kp-sharma-oli-2080-08-06.jpg

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले सरकार छोड्नुपर्ने बताएका छन् । मुलुकलाई प्रतिगमनतर्फ जानका लागि अनुकूल वातावरण बनाएकाले सत्तारुढ गठबन्धनले सरकार छोड्नुपर्ने ओलीको जिकिर थियो । 

उनले बुधवार पार्टी मुख्यालय च्यासलमा आयोजित केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै सरकारले प्रतिगामी शक्तिहरूलाई हौसला प्रदान गर्ने नालायकीपन देखाइरहेको उल्लेख गर्दै आफ्नो पार्टीलाई त्यस्ता खालका गतिविधि स्वीकार्य नहुने चेतावनी पनि दिए । 

ओलीले भने, ‘अहिलेको सरकारको यो निकम्मापन, जसले प्रतिगमनतर्फ जानका लागि अनुकूल वातावरण सृजना गर्ने र प्रतिगामी शक्तिहरूलाई हौसला प्रदान गर्ने काम गरेको छ । त्यो नालायकी स्वीकार्य हुन सक्दैन । कि उपयुक्त ढङ्गले सरकार चलाउनु पर्छ । होइन भने सरकार छोड्नु पर्छ ।' 

ओलीले वर्तमान सरकारले मुलुकको अर्थतन्त्रलाई सकारात्मक बाटोमा फर्काउने सम्भावना नरहेको दाबी समेत गरे । उनले देश अप्ठ्यारो परिस्थितिमा रहेकाले प्रतिगामी तत्त्वहरू सलबलाएको भन्दै देशलाई सही बाटोमा ल्याउने काम एमालेले मात्रै गर्न सक्ने बताए ।

उनले थपे,'  यथार्थ यो गठबन्धन सरकारले अर्थतन्त्रलाई सकारात्मक बाटोमा फर्काउन सक्ने सम्भावना छैन । यस्तोमा के गर्ने अव ? अहिले विभिन्न प्रकारका शक्तिहरू, विभिन्न प्रकारका राजनीतिक प्रवृत्ति र सोचहरू असफल भइसकेका, इतिहासमा असफल भएका अढाई सय वर्षका राजतन्त्रको इतिहासमा २४० वर्षको इतिहासमा विकास निर्माणको कुरा कहिले थालिएका छ भन्दा २०२० सालबाट कोदारी राजमार्ग बनाएको कुरा छ । २४० वर्ष के हेरेर बस्यो ? दुनियाँमा बाटो बनेको देखेका थिएन ? नेपालमा बनाउन पर्दैन थियो ?’

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको सत्ता स्वार्थका कारण मुलुकको स्वाधीनता सबैभन्दा अपहेलित, अपमानित र तिरस्कृत हुने पुगेको बताए । उनले पछिल्लो यो अढाई वर्षको बीचमा मुलुकको राष्ट्रिय हित, गौरव र सम्मान धेरै कमजोर हुन पुगेको पनि दोहोर्‍याइन् । वर्तमान सरकारले मुलुकको असंलग्नता र तटस्थतासम्बन्धी परराष्ट्र नीति पनि धरापमा पारेको ओलीको आरोप थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ