arrow

चन्द्रपुर ६ वडा कार्यालय डाबरी चौकमा सार्ने निर्णयमा नगरपालिकाको रोक 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ५ मंगलबार
chandrapur-nagarpalika-2080.jpg

रौतहट । चन्द्रपुर वडा नम्बर ६ को कार्यालय डाबरी टोलमा सारिएपछि विवाद भएको छ । कार्यालय सारेको भन्दै सदस्यहरुको विरोध छ भने पुरानै स्थानमा संचालन गर्न मेयरले वडालाई पत्र लेखेका छन् ।

विवादबीच चन्द्रपुर ६ को वडा कार्यालय डावरी चौकमा संचालित छ । सो वडा निवासी ९१ वर्षीय कुन्जरप्रसाद काफ्लेबाट वडा कार्यालय डाबरी चौकमा उद्घाटन गरेका वडा अध्यक्ष सहदेव केसीले हाम्राकुरा प्रतिनिधिको फोन उठाएनन् । 

चन्द्रपुर नगरपालिकाको कार्यालय परिसरमा रहेको वडा कार्यालय जानकारी नदिइ अपायक ठाउमा सारेको भन्दै वडा सदस्यहरुले विरोधसमेत गरेका थिए ।
गत माघ २२ गते कार्यपालिका को बैठकले वडा कार्यालय डाबरी टोलको दक्षिणमा रहेको रंगपुर साझेदारी बनको खाली स्थानमा भवन निर्माण प्रकृया थाल्ने निर्णय गरेको थियो ।

सर्वपक्षीय ,सर्वदलीय निर्णयबाट वडा कार्यालय सारेको वडाध्यक्ष सहदेव केसीको दाबी छ । यस्तै २०८०–०८१ को अर्को बैठकको निर्णयमा साउनदेखि डाबरी चौकको श्री सर्वलिङ्गेश्वर महादेव मन्दिर परिसरको धर्मशालामा वडा कार्यालय स्थापना गर्ने निर्णय भएको उल्लेख छ ।

यता चन्द्रपुर नगरपालिका का मेयरले वडा न ६ को वडा कार्यालय, नसार्न पत्र लेखेका छन् । चन्द्रपुर नगरपालिकाको नगर प्रमुखको एकल कार्यपालिका बैठकको मंसिर ५ गते को निर्णय बमोजिम पुरानै भवनमा वडा कार्यालय संचालन गर्ने निर्णय कार्यान्वयनको लागि आजकै मितिदेखि साविक बमोजिम नै वडा कार्यालय संचालन हुने गरी प्रक्रिया अगाडि बढाउन अनुरोध गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ