arrow

दुर्गा प्रसाईँको प्रदर्शनप्रति ओलीको चेतावनी- एमालेले तह लगाउँछ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २ शनिबार
kp-oli-new-2080-08-02.jpg

काठमाडौँ । कुनै समय सँगै बसेर मार्सी चामलको भात खुवाएका दुर्गा प्रसाईँलाई तह लगाउने ओलीले चेतावनी दिएका छन् । दुर्गा प्रसाईँको नेतृत्वमा यही मङ्सिर ७ गते काठमाडौँमा हुन गइरहेको प्रदर्शनप्रति संकेत गर्दै ओलीले लोकतान्त्रिक गणतन्त्रमाथि औँलो ठड्याउनेहरूलाई एमालेले तह लगाउने बताएका हुन् । 

शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको विशेष भेलामा बोल्दै ओलीले लोकतान्त्रिक गणतन्त्रमाथि औँलो ठड्याउने काम कहीँ कतैबाट पनि नगर्न चेतावनी दिए । ओलीले प्रतिक्रियावादी शक्तिहरूले व्यक्तिलाई उभ्याएर देशभरका मान्छे काठमाडौँमा उतार्ने कामलाई जोडतोडका साथ अघि बढाए पनि त्यसले काठमाडौँमा फोहोर पार्ने बाहेक अरू कुनै काम गर्न नसक्ने जिकिर गरे । 

उनले देशलाई अप्ठ्यारोबाट मुक्त गराउने गरी सरकारलाई सच्याउनका लागि आफूहरूले पनि मङ्सिर ७ गते युवा-विद्यार्थीको प्रदर्शन गर्न लागेको बताए । उनले सो प्रदर्शनीमा निषेधित क्षेत्र नतोड्न पनि युवा-विद्यार्थीहरुलाई निर्देशन दिए । 

ओलीले देशमा विद्यमान बेथिति सरकार र सत्तारुढ गठबन्धनका कारण उब्जिएको उल्लेख गर्दै त्यसलाई सच्याउनका लागि आफूहरूले सो प्रदर्शनीको आह्वान गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ