arrow

मेरो जन्मदिन

logo
कविता गौतम,
प्रकाशित २०८० मंसिर २ शनिबार
kabita-gautam-2080-08-01.jpg

यो धर्तीमा पहिले पाइला टेकेको दिन
म जन्मिदा मेरा बा आमाको मुहारमा खुशी छाएको दिन
दुःख रित्तिएको दिन ।

सूर्य चन्द्रकै प्रकाश जस्तो
मेरो मुहारको मुस्कान रहिरहोस् 
मेरो प्रत्येक पाइलाहरूमा
खुशी र उत्साहले साथ दिइरहोस् ।

चाहेको कुरा सबै नमिले पनि
खुशीले मन भरिनै रहोस्
आशाको दीप सदा जलिनै रहोस् ।

अल्झिन सक्छु होला चौबाटोमा 
सकारात्मक समाधान मिलोस्
परिश्रमी छन् मेरा इन्द्रियहरू
माटो खन्न सक्ने बल मिलोस् ।

खुशीले चुमोस् हरेक दिन
हर रात सुनौलो होस्
जतातिर मेरो कदम पर्छ
त्यहाँ फूलहरुको बर्सात् होस् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ