arrow

रहेनन् साहित्यकार शान्तदास मानन्धर

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २८ मंगलबार
shantadas-manandhar-literat.jpg

काठमाडौँ । वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ । स्थानीय बयोधा अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको साहित्यकार प्रा जगत उपाध्यायले बताए । 

स्वर्गीय मानन्धर पहिलो पारिजात बाल साहित्य सम्मान २०७०, जगदम्बा श्री सम्मान २०७५ लगायत धेरै सम्मान तथा पुरस्कारबाट सम्मानित भएका थिए । 

साहित्यकार मानन्धरले ‘बालकोसेली’, ‘बालपोष’ र ‘मचाक्यब’ नामका बालसाहित्यिक पत्रिका सम्पादन एवं प्रकाशन गरेका थिए । छ दशकभन्दा लोमो समयदेखि बालसाहित्यमा आफ्नो जीवन समर्पण गरेका उनले राणा शासनदेखि नै बालखुराक पस्कदै आएका हुन् । 

साहित्यकार उपाध्यायका अनुसार मानन्धरको अन्त्येष्टि बुधबार गरिनेछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ