arrow

गाई तिहारको दिनमा राशिफल

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०८० कार्तिक २७ सोमबार
rashifal-horoscope-green_1618196829.jpg

आजको पञ्चाङ्ग

मिति २०८० कात्तिक २७ गते सोमबार, इस्वीसंवत नोभेम्वर १३ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४३, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कात्तिककृष्ण पक्ष चलिरहेको छ । सौरमान अनुसार आज कात्तिककृष्णको अमावश्य तिथि दिनमा २ः४१ बजेसम्म त्यसपछि प्रतिपदा तिथिमा प्रवेश गर्नेछ । नक्षत्रमा विशाखा रातिमा ४ः१३ बजेसम्म त्यसपछि अनुराधा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा सौभाग्य २६ घटि २१ पलासम्म त्यसपछि शोभन योग लाग्नेछ । करणमा किंष्तुध्न अहोरात्र रहनेछ । आनन्दादि योगमा मित्र रहनेछ ।

सूर्य तुला राशिमा, चन्द्रमा तुला राशिमा अहोरात्र रहनेछ । आज दिनमान २६ घटि ५८ पला अर्थात १० घण्टा ५० मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः२४ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः११ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ०६ः०७ बजे र अस्ताउने समय साँझमा ५ः०३ बजे रहेको छ । आज गाई तिहार तथा सोमबारे औंशी परेको छ ।

आजको राशिफल

मेष : मेष राशि भएकाहरूका आज समय शुभ छ । तुला राशिको चन्द्रमाले प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। आज प्रियजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

वृष : वृष राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछ । साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ।

मिथुन : मिथुन राशि भएकाहरूका लागि आज समय खराब रहनेछ । तुला राशिको चन्द्रमाले पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। कामका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग गर्ने आवश्यकता पर्न सक्छ । स्वास्थ्य बाधाले सताउन सक्छ। काममा लामो समय जुट्न नसकिने, बुद्धिको उपयोगले मात्र लाभ दिलाउनेछ ।

कर्कट : कर्कट राशिका लागि आज समय शुभ छैन । बिना कारण अन्य क्षेत्रमा व्यस्त हुँदा व्यापारमा व्यावसायमा घाटा हुनेछ । सवारि साधन तथा अन्य बस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला। प्रेममा एक अर्कालाई अबिश्वास गर्दा मनमुटाव बढ्नेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ । व्यावसायिक यात्रा भएपनि गन्तब्य पहिल्याउँन हम्मेहम्मे पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य खराब हुँन सक्छ ।

सिंह : आज सिंह राशि भएकाहरूका लागि आज समय शुभ छ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगले फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षा गरिएको काम बन्नेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । समय शुभ रहेकाले भरपूर उपयोग गर्नुहोला ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज समय खराब छ । शत्रुस्थानको चन्द्रमाले दैनिक कार्यमा विघ्नबाधा आउनेछ । बिभिन्न अवसर आएपनि ति अवसरको सहि तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपाईलाई पछाडि छोड्नेछ । व्यापार व्यावसायमा आम्दानी कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न कठिनाई हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि आलोचना बढ्ने देखिन्छ ।

तुला : तुला राशि भएकाहरूका लागि आज समय अत्यन्तै शुभ छ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज समय अत्यन्तै खराब छ । जे काम गर्नुहुन्छ त्यसमा अत्यन्त सतर्क ह्ुन आवश्यक छ । बादबिवाद तथा मुद्दा मामिलामा सहभागी नहुनुहोला नकारात्मक नतिजा आउनेछ । सकसपूर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यवसायमा सन्तोषजनक प्रगति हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धित समस्याले सताउने हुदा काम गर्न अफ्ठ्यारो महसुस हुनेछ । दाजुभाइ तथा छिमेकीसँग पनि मनमुटाव बढ्नेछ ।

धनु : धनु राशिका लागि आज एक्कासी स्वास्थ्यले धोका दिन सक्नेछ । खानामा गडबडी, असुविधा, कुनै व्यक्तिसँग विवाद पर्ने, लाभ कम, हानी नोक्सानी ज्यादा हुन सक्ने देखिएको छ । घर परिवारबाट सहयोगको बदला हानी नोक्सानी नै ज्यादा हुने देखिन्छ । खासगरी आज पूर्व दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

मकर : मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य सबल रहनेछ । भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले ठूलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरीरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धिमूलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरि आम्दानीका स्रोत बढाउन सकिनेछ ।

कुम्भ : कुम्भ राशिका लागि आज समय खराब छ, स्वास्थ्यमा पनि समस्या आउन सक्छ । बोली–वचनमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ । क्षणभरको मनोरञ्जन कालान्तरमा अभिशाप बन्न सक्छ। समय खराब रहेकाले पूर्व दिशाको यात्रा नगर्दा राम्रो हुने देखिन्छ ।

मीन : आज धेरैजसो समय सुखमय देखिन्छ । भाग्यस्थानको चन्द्रमाको सकारात्मक प्रभावका कारण सानै प्रयासले पनि महत्वपूर्ण काममा सफलता मिल्नेछ । पुराना काम कार्यवाही सम्पादन हुनेछन् । नयाँ काम पाउने सम्भावना रहेको छ । जोश, जाँगर, बढ्नुका साथै भाग्यले पनि साथ दिनेछ । धन आर्जनका साथै यात्राको अवसर मिल्नेछ । समय सबै प्रकारले शुभ रहेकाले भरपूर उपयोग गर्नुहोला ।

साइत : सूर्य तुला राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र उत्तरतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ०६ः२१ बजेदेखि    ७ः४३ बजेसम्म    अमृत बेला
बिहान ७ः४३ बजेदेखि    ९ः०४ बजेसम्म     काल बेला
बिहान ९ः०४ बजेदेखि    १०ः२६ बजेसम्म    शुभ बेला
बिहान १०ः२६ बजेदेखि    ११ः४७ बजेसम्म   रोग बेला
बिहान ११ः४७ बजेदेखि    १ः०९ बजेसम्म    उद्धेग बेला
दिनमा १ः०९ बजेदेखि    २ः३० बजेसम्म    चर बेला
दिनमा २ः३० बजेदेखि    ३ः५१ बजेसम्म    लाभ बेला
दिनमा ३ः५१ बजेदेखि    ५ः१३ बजेसम्म    अमृत बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः१३ बजेदेखि    ६ः५२ बजेसम्म    काल बेला
साँझ ६ः५२ बजेदेखि    ८ः३० बजेसम्म    शुभ बेला
राति ८ः३० बजेदेखि    १०ः०९ बजेसम्म    रोग बेला
राति १०ः०९ बजेदेखि    ११ः४८ बजेसम्म   उद्धेग बेला
राति ११ः४८ बजेदेखि    १ः२६ बजेसम्म    चर बेला
राति १ः२६ बजेदेखि    ३ः०५ बजेसम्म      लाभ बेला
रातिमा ३ः०५ बजेदेखि    ४ः४३ बजेसम्म    अमृत बेला
रातिमा ४ः४३ बजेदेखि    ६ः२२ बजेसम्म    काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

भिडियाे



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ