arrow

मधेसको स्वास्थ्य अवस्था नाजुक – चौधरी

logo
निरञ्जन साह,
प्रकाशित २०८० कार्तिक २४ शुक्रबार
madhes-health-2080-07-24.jpg

धनुषा । मधेस प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरीले मधेस प्रदेश स्वास्थ्यको अवस्था धेरै नाजुक भएको बताएका छन् । 

मधेस प्रदेश स्वास्थ्य निर्देशनालय आव २०७९–०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठीलाई बिहीबार जनकपुरधाममा सम्बोधन गर्दै उपाध्यक्ष चौधरीले मधेस प्रदेशका स्वास्थ्यकर्मीहरुले इमानदारीका साथ काम गरियो भने प्रदेश कुपोषणसमेत मुक्त हुने बताए ।

उपाध्यक्ष चौधरीले भने स्वास्थ्यकर्मीहरुलाइ डाटा राम्रोसँग बनाउन र अपडेट गर्न आग्रहसमेत गरे ।

प्रदेश सभा सदस्य एवं महिला बालबालिका तथा समाजिक न्याय समिति सभापति रुपा कुमारी यादवले यो समीक्षा भन्दा आफूमा समीक्षा गर्नुपर्ने आवस्यकता रहेको बताए ।

मधेस प्रदेशमा एउटा पिनले पनि एक्सरे गर्नु दुर्भाग्य रहेको सभापति यादवले बताए । यो प्रदेशमा स्वास्थ्यकर्मीले ५० प्रतिशत मात्रै इमानदारी देखाए भने प्रदेश विकसित हुने उनले बताए ।

यस्तो गोष्ठी होटलमा हैन गाउँगाउँमा गरिएको भए यसले पनि केही विकास हुन्थ्यो कि भन्दै निर्देशनालयसँग आग्रह गरे ।

कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवले यो वर्ष ४ सय जना स्वास्थ्यकर्मी प्रदेश सरकारबाट थप्ने बताए ।

मधेस प्रदेशको संघ र प्रदेशको लडाइँमा यो अवस्था भएको उनले बताए । 

कार्यक्रममा स्वास्थ्य तथा समन्वय महाशाखा प्रमुख डा. चुमनलाल दास,आईएचएमआईएस कपिल प्रसाद तिमल्सिना , आपूर्ति शाखा प्रमुख डा. नागेन्द्रप्रसाद यादव, राष्ट्रिय तालीम केन्द्र प्रमुख माधवप्रसाद घिमिरे, जिल्ला समन्वय समिति धनुषाका सभापति राजन्दन मण्डल, र छय, कुष्ट रोग अधिकृत राजविर यादव लगायतले आफ्नो धारणा राखेका थिए । 

कार्यक्रमको अध्यक्षता मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. राजिव झाले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ