arrow

हिजो जसले हिंसा मच्चायो, उनीहरू नै अहिले न्यायाधीश बनेका छन् : ओली [भिडियो]

अन्याय गर्नेहरू नै आज साँचो बोकेर शान्ति प्रक्रिया टुङ्ग्याउन लागे

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १७ शुक्रबार
kp-oli-2080-07-17.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा मच्चाउने नै अहिले न्यायाधीश बनेको बताएका छन् । बिहीबार संसद भवनमा बसेको संसदीय दलको बैकमा बोल्दै ओलीले हिंसा मच्चाउने र अन्याय गर्नेहरू नै आज न्यायाधीश बनेर सरकारको साँचो बोकेर शान्ति प्रक्रिया टुङ्ग्याउन भनेर लागेको बताए । 

उनले क्रूर हत्या गर्नेहरूका पीडित परिवारको मुद्दालाई क्रान्ति भनेर मुद्दा नै नचलाइएको भन्दै आपत्ति जनाए । उनले हिंसा शुरु गरेको दिनलाई उत्सवको रूपमा मनाउने प्रवृत्तिबाट कसरी शान्ति प्रक्रिया टुङ्गिन्छ ? भन्दै प्रश्न गरे । उनले शान्ति प्रक्रिया पीडितलाई न्याय दिने गरी हुनुपर्ने बताए ।

उनले भने, ‘हिजो जसले हिंसा मच्चायो, जसले अन्याय गर्‍यो, उनीहरू नै अहिले न्यायाधीश बनेका छन्, सरकारको ताला साँचो लिएर कस्सिएका छन्, शान्ति प्रक्रिया टुङ्ग्याउन भनेर । गङ्गा अधिकारी गोरखा उनी अहिले पनि अनसनमै हुनुहुन्छ । अस्पतालमा छ । उनका श्रीमानको शव अस्पतालमा छ । त्यो शव उठाउन कुनै ध्यान छैन, यो सरकारलाई । उनको छोरो माओवादीले घिसारी घिसारी बोरामा हालेर दुई वटा मोटरसाइकलले घिसारेर मारेको छ । त्यो मुद्दा एउटा फौजदारी मुद्दा नभएर क्रान्ति हो भनेर त्यो मुद्दा नचलाएको छ । कसरी न्याय हुन्छ, तिनै मानिसहरु अहिले सरकारमा छन् । संवेदनशीलता बिलकुल देखिँदैन, उल्टै हिंसा शुरु गरेको दिनलाई उत्सवको रूपमा मनाउँछन्, महान् दिवस हो भनेर । बिदा दिइएको छ । एक पटक होइन, अब सधैँ हरेक वर्ष । हिजोको हिंसाप्रति, हिजो मानिस अनावश्यक ढङ्गले मारिए त्यसप्रति कुनै पनि चिन्ता छैन । यस्तो मनोदशाले शान्ति प्रक्रिया कसरी सफल होला ? शान्ति प्रक्रिया पीडितलाई न्याय दिने गरी हुनुपर्छ । विजयोत्सव मनाउनेहरू तरमाराको खुशीका लागि शान्ति प्रक्रिया टुङ्ग्याएको बहानाबाजी गर्न सकिँदैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ