arrow

ओलीका २१ अनुहार

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १६ बिहिबार
kp-sharma-oli-all.jpg

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली विभिन्न अवस्थामा फरक फरक अनुहार देखाउने गर्छन् । राजनीतिका चतुर खेलाडी मानिने ओलीको जीवनकाललाई समेटेर कलाकारहरूले २१ मुहार चित्र प्रदर्शनमा राखिएका छन् । 

ओलीका २१ मुहार चित्र यतिबेला नेपाल कला परिषद् बबरमहलमा प्रदर्शनमा राखिएको हो । उनलाई प्रत्यक्ष हेरेर कलाकारले क्यान्भासमा भरेका चित्रले ओलीको जीवनकालका हरेक मोडलाई झल्काएको छ । 

चित्रमा अध्यक्ष ओलीका राजनीतिक जीवनकालका आरोह अवरोह र राजनीतिक उतारचढाव देख्न पाइन्छ । कलाकार राजेश महर्जनले बनाएका छ्वाली आर्टमा देश प्रेमसमेत देखाइएको छ । 

छ्वालीमा ओलीको तस्बिर दुरुस्त पाइन्थ्यो । चित्र सिर्जनाकर्ता महर्जनले मुहार चित्रको छेउमा चन्द्र र सूर्यसहितको सिर्जनाले देश प्रेमको भाव झल्काएको पाइन्थ्यो । 

त्यस्तै अर्का कलाकार रत्नकाजी शाक्यले ओलीको १४ वर्षे जेल जीवनलाई स्मरण गराउने गरी क्यान्भासमा उनको चित्र भरेका छन् र । 

सात महिनाअघि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा कला कार्यशालामा ओलीलाई प्रत्यक्ष रुपमा हेर्दै कलाकारले मुहार चित्रलाई क्यान्भास रङ्गाएका थिए । 

कलाकार दीपेन्द्रमान बनेपालीले ओलीको गम्भीर मुद्राको मुहार चित्र बनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ