arrow

दुई पटक सरकारको नेतृत्व सम्हालेका ओलीले सोधे –दुनियाँ विकसित हुँदा हाम्रोमा केही विकास नहुने कसले गर्दा हो ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १४ मंगलबार
kp-sharma-oli-2080-07-15.jpg

काठमाडौँ । दुई पटक सरकारको नेतृत्व सम्हालेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकास नहुने कसले गर्दा हो भनि सोधेका छन् । 

आफ्नो दुई कार्यकाल प्रधानमन्त्री हुँदा आन्तरिक राजनीतिमै भुलिएका ओलीले शासक वर्ग र बाह्य शक्तिका कारण नेपाल विकसित हुन नसकेको बताएका छन् ।

मंगलवार काठमाडौंको एक कार्यक्रममा अध्यक्ष ओलीले  नेपाल विकास हुन नसक्नुको कारण शासक वर्ग र बाह्य शक्तिलाई देखाएर आफू पन्छिएका छन् । 

उनले भने, 'राणा गए, अब अरू शासन चाहिँ राम्रा थिए भनेर जोगाउनुपर्ने केही छैन । त्यस भन्दा अघि दुनियाँ विकसित हुँदा हाम्रोमा केही विकास नहुने कसले गर्दा हो ? जनताले गर्दा त होइन । शासकहरूको कारणले हो । बाह्य शक्तिले हामीलाई पछि पारे, शासकको स्वार्थका कारणले ।' 

उनले दुई पटक सरकारको नेतृत्व सम्हालिसकेका छन् । उनकै पालामा सरकार अहिलेसम्मकै भ्रष्ट रहेको ट्रान्सपारेन्सी इन्टरनेशनलको प्रतिवेदनमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ