arrow

प्रेसर हर्न निकाल्दै ट्राफिक 

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०८० कार्तिक १४ मंगलबार
traffic-horn-2080-07-14.jpg

रौतहट । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सवारीसाधनमा जडित प्रेसर हर्न हटाउने अभियान थालेको छ । सामान्य हर्न भन्दा चर्को आवाज निकाल्ने प्रेसर हर्नका कारण ध्वनि प्रदुषणसमेत बढ्ने र सवारी चालकलाईसमेत असहज हुने भएकाले प्रेसर हर्न हटाउन थालिएको जिल्ला ट्राफिक प्रहारी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यले जानकारी दिए । 

अभियान थालेको ३ दिनमा २ सय सवारीसाधन बाट ३ सय ५० थान प्रेसर हर्न हटाइएको प्रमुख आचार्यले जानकारी दिए । यता ट्राफिक कार्यालय र  ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त टोलीले सवारी साधन चेकजाँचलाई तिब्रता दिएको छ ।  

ट्राफिक नियम विपरीत सवारी चलाउनेहरुलाई जरिवाना तथा कारबाहीसमेत गरिँदै आएको छ । ट्राफिक नियम उलंघन गरेर मोटरसाइकल चालउनेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा ल्याइ ट्राफिक नियमका विषयमा जानकारी दिइ जरिबाना गरेर छाडिए‌को जिल्ला ट्राफिक प्रहरी प्रमुख आचार्यले जानकारी दिए ।  

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले पछिल्लो समय ट्राफिक नियम उल्लंघन गरेर सवारी चलाउनेमाथि कारबाही प्रकियालाई तीब्र बनाएको छ ।

इलाका प्रहरी कार्यालय चन्दनिगाहपुरको समन्वयमा पछिल्लो समय ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानमा सवारी चेकजाँच गर्दै आए‌को छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ