arrow

प्रधानाध्यापक सर्राफको हत्याका छ आरोपी पक्राउ, प्रेम सम्बन्धको शंका जोडियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १४ मंगलबार
rupesh-sharaff-2080.jpg

बारा ।  गोली प्रहारबाट हिजो मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको मङ्गलवार हिन्दू परम्पराअनुसार दाह संस्कार गरिएको छ । 
    
पसहा खोलमा उनको अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । यसअघि एन प्यापसनका पदाधिकारीले संस्थाको झन्डा ओढाई सर्राफमा श्राद्धञ्जली अर्पण गरेका थिए ।  
    
मृतक सर्राफको श्रीमतीसहित दुई छोरा छन्  । उनलाई श्राद्धञ्जली अर्पण गर्न ठूलो सङ्ख्यामा शुभचिन्तकहरु कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित उनको निवासमा पुगेको थिए । 
    
कलैया उपमहानगरपालिकाका प्रमुख  बिनोद साह, नेकपा माओवादी केन्द्रका  युवा नेता मुकेश साह, नेपाली काँग्रेसका युवा नेता लुकेश सिहलगायत विभिन्न राजनितिक दलका ब्यक्ति नागरिक अगुवा, निजी तथा सामुदायिक बिद्यालयका शिक्षक शिक्षिका, आफन्तजन, पत्रकार, सुरक्षाकर्मीलगायतले सर्राफको पार्थिव शरिशमा श्रादञ्जली अर्पण गरेका थिए । 

उपमहानगरपालिका भित्रका शिक्षक तथा पेशागत बिभिन्न संघ–संगठनहरुले  घटनाको निन्दा गर्दै शोक मनाउने निर्णय गरेका छन् ।

यस्तै बारा उद्योग वाणिज्य संघले पनि एक विज्ञप्ति जारी गर्दै हत्याको विरोधमा बजार बन्द गर्न आह्वान गरेको छ। संघका अध्यक्ष राजकुमार साहद्वारा जारी विज्ञप्तिमा मङ्गलवार साँझसम्म बजार बन्द गरी सहयोग गर्न उद्योगी तथा ब्यापारीहरुसँग अपिल गरिएकाले अहिले बजार पूर्णरूपमा बन्द छ । 

एन प्यापसनले पनि सोमबार नै विज्ञप्तिमार्फत उक्त घटनाको निन्दा गर्दै दोषीलाई कार्यवाहीको दायरामा ल्याउन माग गर्नाका साथै २४ घन्टाभित्र बास्तविक  अपराधी समात्न नसके चरणवद्ध आन्दोलन गर्ने जनाएको छ ।  

प्रधानाध्यापक सर्राफ हत्याको विरोधमा मधेस प्रदेशका विद्यालयहरु बन्द 
  
कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल सर्राफमाथि सोमबार दिउँसो करिब १ बजे अज्ञात समूहले  ती वटा गोली प्रहार हत्या गरेकाले  जिल्लाबासीमा त्रासको वतावरण छाएको छ । 
    
कलैयास्थित मदर्शा टोलमा दुईवटा नेपाली मोटरसाईकलमा आएका चारजना अज्ञात व्यक्तिले तीन राउण्ड गोली  सर्राफलाई हानेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुश काफलेले जानकारी दिए । हत्या गरिएको ठाउँ जिल्ला प्रहरी कार्यालयभन्दा पाँच मिनेटको दूरीमा पर्दछ ।

गोली लागेर सख्त घाइते सर्राफलाई कलैया प्रादेशिक अस्पताल उपचार हुन नसकेपछि थप उपचारका लागि विरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको र उपचारका क्रममा  उनको मृत्यु भएको उनले जानकारी दिए । 

प्रेम सम्बन्धका कारण सर्राफको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसअघि  गत साउन २८ गते कलैयाको एक होटलमा सर्राफको हत्याको प्रयास गरिए पनि त्यति बेला उनी बाँच्न सफल भएको पक्राउ परेकाहरुले प्रहरी समक्ष बयान गरेको दिएको अनुन्धानमा खटिएका एक प्रहरीले जानकारी दिए ।

 घटनामा सम्लग्न एक युवतीसहित तीन नेपाली र तीन भारतीयलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ  । सो घटनामा अन्य थप दुईजनाको पनि संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ ।  

 अहिले दश जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा सुक्षमरुपमा अनुन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसअघिको सीआईबीले यो घटना ६१ किलो सुन तस्करी प्रकरणसँग जोडिएको हुन सक्ने जनाएको थियो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ