arrow

मन्त्रिपरिषद् विस्तारका लागि कांग्रेस र एमालेबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १४ मंगलबार
cabinet-1.jpg

मोरङ । कोशी प्रदेशको मन्त्रिपरिषद् बिस्तारबारे कांग्रेस र एमालेबीच छलफल भएको छ । 

सोमवार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री केदार कार्की र एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीबीच मन्त्रिपरिषद् बिस्तारबारे छलफल भएको हो । 

माओवादी, जसपा र एकीकृत समाजवादी पार्टीमध्ये कुनै एकलाई सामेल गरेर मन्त्रिपरिषद् बिस्तार गर्नेबारे छलफल गरिएको एमालेका प्रदेश संसदीय दलका प्रमुख सचेतक भण्डारीले बताए । 

उनले सत्तारुढ गठबन्धनमा आबद्ध सबै दललाई सरकारमा सहभागी गराए आफ्नो पार्टी सरकारमा बस्न नसक्ने अडान पनि आफूले बैठकमा राखेको बताए ।

प्रमुख सचेतक भण्डारीले भने, ‘माओवादी, जसपा, एकीकृत समाजवादी तीन वटालाई सामेल गर्ने अनि हामी पनि त्यही बस्ने कुरा चाही हामीले हुँदैन भनेका छौं । अब त्यस मध्ये कुनै एउटा थप्नै पर्ने परिस्थिति भयो । सहमति भयो हाम्रो कांग्रेस र एमालेको बीचमा भने । कुनै एउटा थपिन पनि सक्ला ।’

यता, कांग्रेसले पनि गठबन्धन भित्रको कुनै एक दललाई सहभागी गराएर सरकार बिस्तार गर्न सकिने धारणा राखेको बैठकमा सहभागी काँग्रेस सांसद शमशेर राईले जानकारी दिए ।

उनले भने, ‘कोशी प्रदेशको सवालमा गठबन्धन भित्रको थप एउटा थप्ने भनेपछि सकियो नि । सजिलो त्यही होला ।’

एमालेको समर्थनमा कांग्रेसबाट विद्रोह गरेका केदार कार्की गत असोज २७ गते कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ