arrow

रोशी कपको उपाधि नौलाई 

logo
सरोजश्री अधिकारी,  
प्रकाशित २०८० कार्तिक ११ शनिबार
roshi-football-2080.jpg

काभ्रेपलाञ्चोक  । रोशी गाउँपालिका वडा स्तरीय ‘रोशी कप २०८०’ फुटबल प्रतियोगितामा वडा नं ९ विजयी भएको छ । कार्तिक ३ गतेबाट नेपालीहरूको महान् चाड विजया दशमी २०८० को पावन अवसरमा आयोजित प्रतियोगितामा वडा नं ९ विजयी भएको हो ।

‘‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ शुरु भएको प्रतियोगिताको समापन शुक्रबार भएको हो । रोशी गाउँपालिकाको आर्थिक सहयोगमा पिन्थली युवा क्लवले आयोजना गरेको वडास्तरीय फूटबल प्रतियोगिताको उपाधि वडा नं ९ ‘सी’ले जितेको हो । 

वडा नं ७ लाई १–० ले पराजित गर्दै वडा नं ९ सी’ विजयी भएको हो । वडा नं ९ ‘बी’ टिमलाई १–३ गोलले पराजित गर्दै वडा नं २ तेस्रो भएको छ ।

विजयी टिमहरूलाई प्रतिनिधिसभा सदस्य सूर्यमान दोङले सिल्ड, रोशी गाउँपालिकाका अध्यक्ष दिनश लामाले चेक र प्रमाणपत्र र गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले खेलाडीहरूलाई मेडन वितरण गरेका थिए । 

प्रथम हुने टिमलाई नगद ५० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका छन् । त्यस्तै दोस्रो हुने टिमलाई नगद ३० हजार र तेस्रो हुने टिमलाई नगद २० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे ।

बेष्ट प्लेयरको उपाधि विशाल लामाले हात पारेका छन् । त्यस्तै बेष्ट गोलकिपरको उपाधी सरोज लामाले र सर्वाधिक गोलर सुरज ज्यू ठकुरीले हात पारेका छन् ।

प्रतियोगिता समापन कार्यक्रममा संघीय सांसद सुर्यमान दोङ ‘लालध्वज’ले समाज परिर्वतन गर्नुछ भने युवाहरूलाई परिर्वतन गर्नुपर्ने बताए । युवाहरूलाई सकारात्मक परिवर्तन गर्न सके समाज परिवर्तन गर्न सकिने उनको भनाइ छ । फुटबल खेलले युवाहरूलाई अनुशासित गर्दै स्वस्थ समाज निर्माणमा टेवा पुग्ने उनले बताए ।

पिन्थली युवा क्लवका अध्यक्ष राजकुमार लामाको सभापतित्वमा भएको सो कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाईबा, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ, वडा नं ७ का वडाध्यक्ष अशोक गौतम लगायतको उपस्थिती रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ