arrow

गीतः आफूभित्रै हुन्छ खुशी, आफैँभित्र खोज

logo
वसन्तराज अज्ञात
प्रकाशित २०८० कार्तिक ११ शनिबार
basantaraj-agyat-2080-07-11.jpg

दुनियाँको के कुरा भो, आफैँलाई सोध
आफूभित्रै हुन्छ खुशी, आफैँभित्र खोज ।

हतासमा हैन जीवन, धीरतामा फुल्छ
नैराश्य त्यो फालिहेर, आनन्दले चुम्छ 
खुट्टा तान्ने सयौँ होलान्, वास्तै गर्न छोड
आफूभित्रै हुन्छ खुशी, आफैँभित्र खोज ।

पापी भोकै मर्ने छैन लोभी भएसम्म
जति लोभ गरे पनि हुने छैन टम्म
सही कर्म बाटोतिर आफूलाई मोड
आफूभित्रै हुन्छ खुशी, आफूभित्र खोज

ठूलो कुरा चाहिँदैन, खुशी हुनलाई
सानै चिज काफी हुन्छ, मुटु छुनलाई
सदा खेदो खन्नेसँग सम्बन्ध नै तोड
आफूभित्रै हुन्छ खुशी, आफैभित्र खोज । 
(अज्ञातको प्रकाशोन्मुख गीतीसङ्ग्रहबाट)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ