काठमाडौँ । एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिसहित नेपाली टिम स्वदेश फर्केको छ ।
बिहीबार स्वदेश फर्किएको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमला, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
मंगलबार विजयादशमीका दिन भएको फाइनलमा नेपालले यूएईलाई पराजित गरेको थियो ।
योसँगै नेपाली टिम अपराजित रहँदै एसिया कपमा छनोट भएर उपाधिसहित स्वदेश फर्किएको हो । मलेसियाको क्वालालाम्पुरमा भएको वर्षाले प्रभावित फाइनलमा नेपाल १९ रनले विजयी भएको थियो ।
नेपाल सबै खेल जितेर यू–१९ एसिया कपमा छनोट भएको हो । फाइनलमा पुग्ने दुवै टिम एसिया कपमा छानिने भएकाले यूएई पनि छानिएको छ ।