एसीसी यू–१९ को सेमिफाइनलमा जापानविरुद्ध नेपाल हावी, वर्षाले खेल अवरुद्ध
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ४ शनिबार
962
Shares
काठमाडौँ । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको पहिलो सेमिफाइनलमा नेपालले जापानसँग खेलिरहेको छ ।
मलेसियाको वाइएसडी युकेएम ओभलमा नेपालले पहिले ब्याटिङ गरेको छ । वर्षाले खेल रोकिनुपूर्व नेपालले २५ ओभरमा २ विकेट गुमाएर १४० रन बनाएको छ ।
दीपक बोहराले ७० बलमा ७९ रन तथा अर्जुन कुमाल १० रनमा आउट भएका छन् ।
आकाश त्रिपाठी ३५ रनमा अविजित छन् भने कप्तान देव खनाल ८ रनमा अविजित छन् । नेपाल समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।
समूह चरणमा नेपाल अपराजित रहेको थियो । नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रन र दोस्रो खेलमा बहराईनलाई ७ विकेटले पराजित गरेको थियो । यस्तै नेपालले समूह चरणको अन्तिम खेलमा साउदी अरेबियालाई ३ सय २ रनले हराएको थियो ।
आजको अर्को सेमिफाइनलमा यूएई र सिंगापुर खेलिरहेका छन् ।