arrow

कतै लिंगेपिङ कतै बाँसको फड्के 

logo
युवराज रेग्मी,  
प्रकाशित २०८० कार्तिक ३ शुक्रबार
394249364_1294459614392458_8641289996216774786_n.jpg

झापा । चाडबाडका बेलामा विभिन्न स्थानहरुमा कतै लिंगेपिङ त कतै खोला तर्न बाँसको फड्के पुल निर्माण गर्ने चटारो देखिने गरेको छ । यसै अनुरुप झापाका विभिन्न स्थानका चोकहरुमा बासको  लिंगेपिङ बनाउने चटारो देख्न पाइन्छ । 

त्यसरी नै  झापाको गौरीगंज गाउँपालिका वडा नं १ रंगियाथानबाट झापा गाउँपालिका प्रवेश गर्न  वैकल्पिक पुलको  रुपमा कनकाई नदीमा अस्थायी बाँसको  फट्के पुल निर्माण  सम्पन्न गरिएको छ ।

स्थानीय युवा राजेश्वर राजवंशीले जानकारी गराएअनुसार चाडपर्व लागेसँगै स्थानीय आवातजावत गर्न उक्त बाँसको फट्के पुल निर्माण गरिएको हो ।

दुःखद कुरा त यो छ कि स्थानीयले उक्त पुलमार्फत आवत–जावत गर्दा फड्के पुल निर्माण कर्तालाई सहयोग स्वरुप शुल्क तिर्नुपर्ने हुनजान्छ । 

उक्त पुलमा मानिस मात्र वारिपारि गरेको  रु ५० र सवारी (मोटरसाइकल) सहित तरेको रु १०० तिर्नुपर्ने  स्थानीय निस्चल भण्डारीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ